सिर्दार्थ बौद्ध वालकेन्द्रलाई सहयोग

Letang Khabar सोमबार, मंसिर ०३, २०७५

लेटाङ ३ मंसिर । लेटाङ नगरपालिका ४ ले बालकेन्द्रमा रहेको सिदार्थ बौद्ध वाल केन्द्र मर्मत सम्भार तथा शैक्षिक सामाग्री खरिद गरि हस्तान्तरण गरिएको छ । लेटाङ नगरपालिका ४ का वडा अध्यक्ष सन्तोष कार्कीको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा लेटाङ नगरपालिकाका ईन्जीनियर भानु राई , च्यानल एलएमका रविन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
लेटाङ नगरपालिका ४ को १ लाख ५० हजार रुपैया सहयोग गरी शैक्षिक सामाग्री तथा भवनको छत निर्माण तथा रंगरोगनको काम भईसकेपछि हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष सन्तोष कार्कीले शैक्षिक सामाग्री समेत हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा वोल्दै वडा अध्यक्ष कार्कीले शैक्षिक क्षेत्रको विकासका लागि आफ्नो क्षेत्रवाट जस्तो सुकै कार्य गर्नका लागि आफु तयार रहेको वताउदै सवैलाई शिक्षा क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ