माओवादीमा गएका बाबुराजा ओझा आफ्नै घर कांग्रेसमै फर्किए

Letang Khabar आइतबार, मंसिर ०२, २०७५

काठमाडौं । २२ वर्ष नेपाली कांग्रेसमा राजनीति गरेर एकीकृत नेकपा ९माओवादीमा गएका बाबुराजा ओझा पुनः नेपाली कांग्रेसमा फर्किएका छन् । २०७० को संबिधानसभा निर्वाचनमा टिकट नपाएपछि उनी असन्तुष्टि जनाउदैं माओवादीमा प्रवेश गरेका थिए । सो बेला ओझालाई माओवादीले मोरङ क्षेत्र नम्बर ६ मा पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यसँग प्रतिस्पर्धा गराएको थियो ।

कांग्रेस छोडेको झण्डै पाँच वर्षपछि नेता ओझा आफ्नो पुरानै घर कांग्रेसमा फर्किएका हुन्। ओझालाई जिपी कोइराला फाउन्डेशनले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा महामन्त्री डा। शशांक कोइरालाले टिका लगाएर पार्टीमा भित्र्याएका हुन्।

कांग्रेस फर्किएका ओझा नेपाली कांग्रेस मोरङका पूर्व जिल्ला सचिव हुन्। दोस्रो संविधान सभा निर्वाचनमा जिल्ला सचिव जस्तो मान्छेलाई छोडेर अर्कैलाई टिकट दिएको भन्दै ओझाले कांग्रेस परित्याग गरेका थिए।

विराटनगरमा आयोजित कार्यक्रममा उनलाई कांग्रेसी नेताहरुले भब्य स्वागत गरेका छन् । ओझाले असन्तुष्टिका कारण माओवादीमा गएपनि आफ्नै घर प्यारो भन्दै त्यो भुललाई क्षमा गर्न आग्रह गरेका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ