प्रदेश गृहमन्त्रीले ज्यान मार्ने धम्की दिएको भन्दै इप्रकामा उजुरी

Letang Khabar आइतबार, कार्तिक १८, २०७५

 

काठमाडौं , १८ कात्तिक। प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मतबहादुर कार्की विरुद्ध झापाको गौरादह इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । मन्त्री कार्कीले फोनमार्फत ज्यान मार्ने धम्की दिएको भन्दै गौरादह २ का टंक खनालले मन्त्री कार्कीविरुद्ध उजुरी दिएका हुन् ।

गौरादह नगरपालिकाको गौरादह बजारबाट नगरकै वार्ड नं ९ जोड्ने बाटो निर्माणमा ठेकेदारले बदमासी भन्दै स्थानीयवासी आन्दोलित बनेका थिए । ठेकेदारलाई दवाव दिन आफूहरुले निर्माण कार्य अवरुद्ध बनाएपछि मन्त्रीले धम्की दिएको खनालको दावी छ ।

‘हिजो बिहान ९ः३३ बजे यसै प्रदेशका आन्तरिक मामला तथा कानून मन्त्रीसमेत रहेका गौरादह नगरपालिका–३ मा बसोबास गर्ने हिक्मत कार्कीले एक्कासी फोन गरी तेरो बाउको बाटो हो रु बाटो छेक्ने अधिकार कसले दियो रु तँलाई आएर सिध्याइदिन्छु भनी ज्यान मार्ने धम्की दिएको हुँदा निजलाई कानूनको कठघरामा उभ्याइपाउँ,’ उजुरीमा निवेदकले भनेका छन् ।

तर, उजुरी लिएर आएका खनाललाई इलाका प्रहरी कार्यालय गौरादहका प्रहरी सहायक निरिक्षक खड्गबहादुर खड्काले उल्टै हप्काइ दप्काई गरेका थिए । पछि प्रहरी नायव निरिक्षक सुरेन्द्र श्रेष्ठले उजुरी लिए तर दर्ता नगरी गोजीमा हालेका छन् ।

यसअघि बुधबार २ देखि ३ बजेसम्म टेम्पो चालक सचेन कार्कीको नेतृत्वमा आधा दर्जन व्यक्तिले खनालको घर घेरेका थिए । आफूलाई प्रदेशमन्त्री कार्कीको संरक्षण रहेको भन्दै उनीहरुले धम्की दिएको खनालले बताएका छन् ।

यस्तो छ विवादको चुरो

प्रदेश १ का मन्त्री कार्की गौरादह नगरपालिकाका स्थायी बासिन्दा पनि हुन् । बाटो निर्माणको ठेक्का पाएको निर्माण कम्पनी नागार्जुन विष्णु जेभीले गत जेठ महिनामा सम्झौताबमोजिम वेस ग्राभेल नगरी पिच गर्न खोजेको स्थानीयवासीको आरोप छ । उनीहरुले गिटी र ग्राभेल नहाली बाटो पिच गर्न नदिने अडान लिएपछि गौरादह नगरपालिकाका मेयर रोहित साहको रोहबरमा माटो हालेर बेस बनाइएको बाटो भत्काएर हाल गिटी हालिएको छ । स्थानीयले कात्तिक ११ गते गौरादह नगरपालिकाको डिपु चोकमा राँके जुलुससहित विरोध प्रदर्शन गरेका थिए ।

पिच गर्न लागेको बाटो स्थानीयको दबाबमा भत्काउनु पर्दा घाटा लाग्ने भन्दै ठेकेदारले गुनासो गरेका थिए । अहिले ठेकेदारले बाटो अलपत्र छोडेर हिँडेका छन् । ठेकेदारलाई कारवाही वा ठेक्का रद्द गर्नुपर्ने स्थानीय जनताको माग छ । तर, सडक डिभिजन कार्यालय दमकले ठेकेदारलाई कारबाही गर्न सकेको छैन ।

१९ महिनाअगाडि गरिएको सम्झौता बमोजिम सो सडक निर्माण आउँदो चैत्र महिनामा सम्पन्न हुनु पर्ने छ । साढे सात किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न गर्न सरकारले ५ करोड ७२ लाख ४२ हजार ८ सय रुपयाँ बजेट बिनियोजन समेत गरिसकेको छ ।

सडक निर्माण योजना रोकिएपछि स्थानीयहरु आक्रोसित बनेको गौरादह वार्ड नं २ का टोल विकास समितिका अध्यक्ष राजन खनालले बताए ।

स्तरोन्नति गर्न लागिएको सो सडक अर्थमन्त्री डा। युवराज खतिवडाको गृह नगरमा पर्छ । तर, खतिवडाले भने यसमा कुनै चासो नदेखाई प्रदेश मन्त्री कार्कीकै भर परेको अर्थ मन्त्रालय स्रोतले बतायो ।

मन्त्री कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन बमोजिम सडक स्तरोन्नति हुने आश्वासन दिएका छन् तर, ठेकेदारको लापरवाहीको विषयमा बोलेका छैनन् । यस विवादका विषयमा मन्त्री कार्कीसँग बुझ्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ