सावधान, पातलो सिरानीले नशा च्यापिन सक्छ १ जानकारीको लागि शेयर गरौं ।

Letang Khabar बिहिबार, कार्तिक ०८, २०७५

सुत्दा मोटो सिरानी प्रयोग गर्ने कि पातलो रु आम मानिसको धारणा छ– पातलो । कतिपय डाक्टरहरुले पनि पातलो सिरानी लगाउने सल्लाह दिएका हुन्छन् । तर, सबैका लागि पातलो सिरानी उपयुक्त नहुन सक्छ । कतिपयका लागि घातक पनि हुन सक्छ पातलो सिरानी १ कस्ता व्यक्तिलाई कुन सिरानी उपयुक्त हुन्छ त रु यसबारे क्रोनिक ब्याक पेन एक्सपर्ट डा। सुनिल पौडेलसँग एस राज उपाध्यायले गरेको कुराकानी ।

सिरानी नमिलाई रातभरि ७ देखि १० घन्टा एउटै पोजिसनमा गर्धनलाई टर्चर गरेर सुत्यो भने के होला रु

सिरानी नमिल्दा मासु तथा नसा तर्कने, झस्का पस्ने, गर्धन अररो हुने वा सड्किने जस्ता समस्या हुन सक्छन् । यस्ता समस्या क्रमशः बढ्दै गए हड्डी खिइने तथा नसा च्यापिने सम्भावना पनि हुन्छ । त्यसमाथि आजभोलि मान्छेले गलत पोजिसनमा ल्यापटप, मोबाइल, ट्याब चलाइरहेका छन् । अनि बनेन त गर्धनको अचार रु

गलत सिरानीको प्रयोगले यति मात्रै होइन, टाउको दुख्ने, माइग्रेन, थकान, मेरुदण्डका अन्य समस्या पनि निम्ताउँछ । यसले तनाव बढाउने, फ्रेस नहुने, कामगर्दा चाँडै थाक्ने वा हात तथा काँध वरपर दुख्ने, चिडचिडापन बढ्ने, चाँडै रिसाउने, मुड खराब भइरहने, डिप्रेसन आदि पनि गराउन सक्छ ।

१५ मिनेट मात्रै हातको पोजिसन गलत भयो भने त दुख्छ । झन् ८–१० घन्टा गलत पोजिसनमा सुतियो भने त पक्कै पनि त्यसले स्वास्थ्य समस्या त ल्याउँछ नै । त्यहि भएर सही पोजिसनमा सुत्नु एकदम महत्वपूर्ण हुन्छ ।

सुत्ने क्रममा ‘बडी एलाइन्मेन्ट’ राम्रो भएन भने चाँडै हड्डी खिइने तथा नसा च्यापिने समस्या आउन सक्छ ।

सुत्दा सिरानी पातलो राख्नुपर्छ भन्ने आमधारणा छ । तर, तपाईँ पातलो सिरानी झन् खतरनाक छ भन्नुहुन्छ, कसरी रु

हो, कतिपय डाक्टरहरूले साधारण गर्धन दुखेको बिरामीलाई पातलो सिरानी प्रयोग गर्न सुझाएको मैले सुनेको छु । तर, यो सुझाव खतरनाक छ ।

सिरानी कसरी र कत्रो राख्ने भन्ने कुरो सुताइको पोजिसनमा भर पर्छ । कोल्टे परेर सुत्नेले पातलो सिरानी प्रयोग गर्दा गर्धनको हड्डी खिइने, नसा च्यापिने र गर्धन बांगिने सम्भावना बढी हुन्छ ।

पातलो सिरानीमा कोल्टे परेर सुत्दा काँधको लेबलभन्दा टाउको तल पर्छ । त्यसकारण मेरुदण्डमा असर पर्छ, जसले गर्दा कालान्तरमा नसा च्यापिने वा गर्धन बांगिने सम्भावना हुन्छ ।

हामी प्रायःजसो एकै साइडतिर बढी सुत्छौं । चित्रमा हेर्नुहोस्, रातभर यसरी पातलो सिरानीमा सुतेर यसरी गर्धनलाई टर्चर गरेपछि केहि महिना वा वर्षमा नसा त च्यापिहाल्छ । यसरी पातलो सिरानीमा कोल्टे सुत्दा सुतेको साइडमा नसा च्यापिने हुन सक्छ । त्यही भएर कोल्टे परेर सुत्नेलाई पातलो सिरानी खतरनाक मानिन्छ । उत्तानो परेर सुत्नेलाई भने पातलो सिरानी उपयोगी हुन्छ ।

सिरानी प्रयोग गर्ने सम्बन्धमा पनि आ–आफ्नै बुझाइ रहेको पाइन्छन् । स्वास्थ्यका लागि केको सिरानी राम्रो रु

हो, बजारमा फाइबर र कपासका दुवै खाले सिरानी पाइन्छन् । यीमध्ये कुन प्रयोग गर्नेबारे पनि ध्यान पुर्याउनुपर्छ ।

कोल्टे परेर सुत्नेले कपास वा एक कुरेत जति मोटो कटनकै सिरानीमा सुत्नुपर्छ, जुन ‘कम्प्रेसिबल’ हुँदैन । त्यसपछि मात्र ‘बडी एलाइनमेन्ट’ रातभरि एउटै अवस्थामा रहन्छ । कोल्टे परेर सुत्नेलाई फाइबरको मोटो सिरानी भने उपयोगी हुँदैन । किनभने फाइबरको सिरानीलाई शरीरको तौलले ‘कम्प्रेस’ गर्दै जान्छ । जसकारण गर्धन बांगिंदै जान्छ ।
उत्तानो सुत्दा भने टाउकोको पछाडिको भाग र ढाड एउटै लेबलमा हुन्छ । त्यसकारण उत्तानो परेर सुत्नेलाई पातलै सिरानी भए पनि हुन्छ । अथवा यस्ता व्यक्तिले पातलो फाइबरको सिरानी प्रयोग पनि गर्न सक्छन् ।
उत्तानो सुत्ने व्यक्तिले भने कहिल्यै पनि मोटो सिरानी प्रयोग गर्नु हुँदैन । उत्तानो परेर सुत्नेले कपासको सिरानी पनि प्रयोग गर्नु हुँदैन । सिरानी चित्रमा जस्तै गर्धनलाई सपोर्ट गर्ने खालको हुनुपर्छ ।
के बजारमा पाइने सिरानी गर्धनको सुरक्षाका लागि उपयुक्त छन् त रु
बिलकुल छैनन् । सिरानी कुन तथा कस्तो प्रयोग गर्ने भन्नेबारे व्यक्ति र उस्को सुत्ने पोजिसन अनुसार भर पर्छ । व्यक्तिको हाइट तथा जिउ डालले सिरानीको निर्धारण गर्छ ।

सिरानी किन्नुअघि सुत्ने तरिकाबारे निर्क्यौल गर्नुपर्छ । कोल्टे परेर सुत्नेले कटनको बाक्लो सिरानी र उत्तानो परेर सुत्नेले फाइबरको पातलो सिरानी प्रयोग गर्नु राम्रो हुन्छ । आजभोलि अर्थोपेडिक सिरानी पनि पाइन्छन् जुन सबैका लागि उपयोगी हुँदैनन् । त्यसैले विशेषज्ञलाई भेटेर मात्र सिरानीको सही प्रयोग सिक्नु पर्छ ।

गर्धनको नसा च्यापिएका वा हड्डी खिइएका बिरामीले कस्तो सिरानी प्रयोग गर्दा राम्रो हुन्छ रु

गर्धनको नसा च्यापिएका वा हड्डी खिइएका बिरामीले विशेषज्ञ डाक्टरको सल्लाह अनुसार सिरानीको प्रयोग गर्नुपर्छ । सिरानीको प्रयोग नजान्दा विभिन्न समस्या हुन सक्छन् । मकहाँ आएका केही बिरामी यसका उदाहरण हुन् । पातलो सिरानी प्रयोग गर्दा समस्या देखिएका थुप्रै बिरामी मकहाँ उपचारका लागि आएका छन् ।

बिरामीसँग राम्ररी बुझ्दा थुप्रै बिरामीलाई उपचार गर्ने डाक्टरले पातलो सिरानी प्रयोग गर्न सुझाएका रहेछन् । तर, ती डाक्टरले बिरामीको सुत्ने तरिका भने सोधेका रहेनछन् । कोल्टे सुत्नेले पातलो सिरानी प्रयोग गरेपछि समस्या त आउने नै भयो नि । पातलो सिरानीको प्रयोगले कोल्टे सुत्ने प्रायः बिरामीको गर्धनको नसा च्यापिएको हुन्छ । त्यसकारण पातलो सिरानी झन् खतरनाक भनेको हुँ ।

सिरानीकै कारण स्वास्थ्यमा आउन सक्ने समस्याबाट बच्ने उपायहरूबारे बताइदिनुहोस् न रु
सबैभन्दा राम्रो सोलुसन भनेको विशेषज्ञ डाक्टरको सल्लाह लिने नै हो । डाक्टरलाई आफु सुत्ने पोजिसनबारे भन्नुपर्छ । उहाँले तपाईंको जीउडाल, सुत्ने पोजिशन र हिस्ट्री हेरेर सही सल्लाह दिनुहुनेछ ।

डाक्टरलाई भेट्न सम्भव छैन भने कोल्टो परेर सुत्नेले बाक्लो कपासको सिरानी प्रयोग गर्नुपर्छ । उत्तानो परेर सुत्नेले पातलो फाइबरको सिरानी प्रयोग गर्नु उपयुक्त हुन्छ

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ