लेटाङको शान्ति सुरक्षाको विषयमा छलफल

Letang Khabar आइतबार, आश्विन २१, २०७५

प्रशान्त निरौला
लेटाङ २० अशोज । लेटाङ ईलाका प्रहरी कार्यलय लेटाङले चाडवाडको वेला हुन सक्ने अप्रीय घट्नाहरुको नियन्त्रणका साथै सुरक्षा व्यवस्था कडाई गर्ने विषयमा छलफल भएको छ ।
ईलाका प्रहरी कार्यलय लेटाङको आयोजना तथा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकाको दीर्घकालिन शान्तिसुरक्षा तथा अमनचयन कायम गर्ने विषयमा छलफल भएको हो ।
चाडवाडको वेलामा नगरपालिका भित्र सुरक्षा चुनौती थपिने र अपराधिक क्रियाकलापमा वढ्न सक्ने भन्दै वैठकले सवारी चेकजाँचमा समेत कडाई गर्ने निर्णय गरेको छ । विना हेल्मेट वाईक कुदाउने , मोटरसाईकलमा ३ जना सवारहरु , वढी भाडा असुल गर्ने वस तथा भाडाका सवारी साधनहरु, वढी यात्रु राखेर सवार गर्ने यात्रुवाहक वस तथा भ्यान जिप लगायतका साधनहरुलाई ट्राफिक नियम अनुसार कडा कारवाही गर्ने निर्णय वैठकले गरेको छ ।
वैठकले देउसी भैलो ,हुर्रा लगायत सम्पुर्ण सास्कृतिक कार्यक्रमहरु वेलुका ८ वजे सम्म मात्र गर्न पाईने निर्णय गरेको छ । यसैगरी लेटाङ नगरपालिका भित्र रहेका होटल तथा मदिरा व्यवसाय वेलुका ८ वजे सम्म मात्र खुल्ला राख्न पाउने निर्णय समेत गरेको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ