लेटाङ नगरपालिका द्धारा ४ लाख ३० हजार स्वास्थ्य उपचार सहयोग वितरण

Letang Khabar शनिबार, आश्विन १३, २०७५

 

प्रशान्त निरौला
लेटाङ १३ अशोज । लेटाङ नगरपालिकाले क्यान्सर , मृगौला , मुटुरोग लगायतका दिर्घरोगीहरुको स्वास्थ्य उपरार्थ आर्थिक सहयोग तथा ह्वील चियर वितरण गरेको छ । शुक्रवार एक कार्यक्रमका विच लेटाङ नगरपालिकाको सभाहलमा ४३ जना विरामीलाई १० हजार रुपैका दरले ४ लाख ३० हजार रुपैया लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले वितरण गर्नुभयो । सोही कार्यक्रममा नगरप्रमुख राईले १० जना अपाङता भएको व्यक्तीहरुलाई ह्वीलचियर समेत वितरण गर्नुभएको थियो ।
उक्त कार्यक्रमलाई सम्वोधन गर्दै नगरप्रमुख राईले सिंहदरवारको अधिकार जनताको घरमा ल्याउन प्रतिवद्धता गरेर निर्वाचन जितेर आएको र सोही अधिकारलाई जनताले अनुभुति गर्न पाउन भन्ने उदेश्यले दीर्घरोग संग जुधिरहेकाहरुलाई उपचारमा आर्थिक सहयोग गरेको वताउनुभयो । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम भएकाले हाम्रो खानपान तथा दैनिक कार्यमा ध्यान दिन आवश्यक रहेको वताउनुभयो । लेटाङ नगरपालिकामा स्वास्थ्यको पहुँचमा पूग्ने मानिसको संख्या अझै कम रहेको वताउदै उहाँले लेटाङमै विशेषज्ञ डाक्टरहरुको सेवा सहितको सेवा प्राथमिक सेवा केन्द्र लेटाङले दिईरहेकाले रोग पालेर घरमै नवस्न आग्रह समेत गर्नुभयो । आर्थिक अभावकै कारण सामान्य समस्यालाई पनि उपचार नगर्दा पछि जटिल समस्या वन्ने भएकाले नजिकको स्वास्थ्य केन्द्रमा गएर जचाउन सुझाव दिनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला , लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत हरिप्रसाद चाँपागाई , लेटाङ नगरपालिका ३ का वडा अध्यक्ष देवराज चाम्लिङ लेटाङ नगरपालिका ४ का वडा अध्यक्ष सन्तोष कार्की , स्वास्थ्य शाखाका प्रमुख महेन्द्र चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम लेटाङ नगरपालिकाका स्वास्थ्य सहसंयोजक सञ्जयकुमार काफ्लेले सञ्चालन गर्नुभएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ