प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन

Letang Khabar सोमबार, आश्विन ०१, २०७५

लेटाङ १ अशोज । लेटाङमा नगरपालिका ३ मा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसि)को आईतवार अनुगमन भएको छ । लेटाङ नगरपालिका ३ का वडा अध्यक्ष तथा लेटाङ नगरपालिकाका अनुगमन समितिका सदस्य देवराज चाम्लिङको टोलीले निर्माणाधिन रहेको आकस्मिक कक्षको अनुगमन गरको हो । आकस्मिक रुपमा आएका विरामीहरुलाई उपचार भईरहको पिएचसिमा भवन निर्माणपछि विरामीको उपचार गर्न सहज हुने अनुमन समितीका सदस्य चालिङले लेटाङ खबरलाई जानकारी दिए । १५ लाखको लागतमा २ कोठे भुकम्पप्रतिरोधी भवन निर्माण भईरहेको छ । उक्त भवन दशै अगाडिनै तयार हुने र हाल ५ शैया राखेर विरामीको उपचार गरिने चाम्लिङले जानकारी दिनुभयो । २ जना एमविविएस डाक्टरहरुले दैनिक रुपमा सेवा दिईरहेको पिएचसिमा हाल विरामीहरुको घुईचो लाग्ने गरेको छ । पिएचसिले हालै मात्र अत्याधु्निक एक्सरे मेसिनले विरामीको परिक्षण गरिरहेको छ ।अनुगमन टोलीमा नगरपालिकाका ईन्जिनियर भानु राई , सवईन्जिनियर अशेष श्रेष्ठ , नगरपालिकाका प्रेस संयोजक प्रशान्त निरौला , एलएम च्यानलका व्यवस्थापक रविन श्रेष्ठ , अस्पताल निर्माण समितिकी ईन्दु चौधरी लगायतको उपस्थिति रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ