लाफा क्लबको खेलमैदान असुरक्षित बन्दै

Letang Khabar सोमबार, आश्विन ०१, २०७५

लेटाङर १ असोज । लेटाङ २ फडानीमा अवस्थित लाफा क्लबका खेलाडी हरुले प्रयोग गर्दै आएको फुटबल मैदान अहिले आएर जोखिम पुर्ण बन्दै गएको छ।

चिसाङ सामुदायिक बन क्षेत्र भित्र रहेको एस खेल मैदानको दक्षिणी भागमा रहेका दुई ठुला ठुला सखुवाका रुख हरु सुकेर दिन प्रतिदिन हागा हरु झर्ने गरेको छ। उक्त हागाहरु झर्ने डरले खेलाडी हरु मैदान आएर खेल अभ्यास गर्न डराएको लाफा क्लब का टिम क्याप्टेन सुनित ठाडाले जानकारी दिएका छन्।सम्बन्धित निकायलाई यश बिसयमा बारम्बार जानकारी गराउदा पनि कुनै चासो नदिएको भन्दै लाफा क्लबका अध्यक्ष सन्तोष एक्चाइ मगर ले गुनासो गरेका छन्।।बाल दिवसको अवसरमा लक्ष्मी बाल प्रकृति क्लबले विद्यार्थीहरुको खेलकुद कार्यक्रम संचालनको क्रममा पनि उक्त रुखको हागा झर्दा विद्यार्थीहरु त्रसित बनी खेलनै स्थगित गरेका थिए र हाल उक्त खेल मैदानमा संचालन भइरहेको भेट्रान फुटबल प्रतियोगिता को दैरानमा पनि हागा हरु झर्ने क्रम निरन्तर भैरहेको हुदा खेलाडी तथा दर्सक हरुले आफुहरु लाई खेल खेल्न र प्रतियोगिता हेर्दा त्रास पैदा हुने गुनासो गर्दै आएका छन्।।हाल सम्म कुनैपनी प्रकारका अप्रिय घटनाहरु नघटेता पनि एहि अवस्था रहेको खण्डमा उक्त खेलमैदानमा ठूलो मानवीय घटना घट्ने जोखिम देखिएको छ।।
४० बर्ष देखि लाफा क्लबले प्रयोग गरिरहेको एस खेल मैदान भख्खरै मात्र लेटाङ नगरपालिका वडा नम्बर २ को आर्थिक सहयोगमा स्तर उन्नति गरिएको भएपनि एस मैदानमा रहेका उक्त दुई ठुला रुखको हागा झर्ने त्रासका कारण खेल मैदान नै प्रयोग बिहिन बन्ने अवस्था सृजना भएको छ।दैनिक बालबालिका हरु खेल अभ्यास गर्न एहि मैदान आउने हुदा कुनै अप्रिय घटना घट्ने चिन्ताले आफू हरु लाई त्रसित गर्ने अभिभावक हरुको गुनासो रहेको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ