प्रशान्त निरौला
लेटाङ २८ भदौ । प्रथम लेटाङ स्तरिय नकआउट फुटवल प्रतियोगिताको उपाधी दु्हवी पुलिस क्लवले जितेको छ । बुधवार लेटाङ ६ सुकेचौरीमा सम्पन्न फाईनल खेलमा लेटाङ ६ मा रहको आयोजक सलल युवा क्लवलाई २ – ० गोल अन्तरले पूलिसले खेलमा विजय हासिल गरेको हो । पूलिसका तर्फवाट सूमन राईले खेलको सातौ मिनेटमा गोल गरी पूलिसलाई १–० को अग्रता दिलाएका थिए । खेलको ४० औ मिनेटमा कर्ण लिम्वुले गोल गरी पूलिसलाई २–०को अग्रता दिलाएका थिए ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतित्थ्यतामा सम्पन्न फाईनल खेलमा खेलाडिहरुलाई मेयर राईले पू्रस्कार वितरण गरेका थिए ।खेलमा म्यान अफ द म्याच पूलिसका कर्ण लिम्बु , विधागत उत्कृष्ठ डिफेन्डर आयोजक सलल युवा क्लवका डिफेन्डर अनिल राई , मिडफिल्डर भुपेन लिम्ब्ु (पूलिस) , उत्कृष्ठ फरवार्ड आषिश लिम्बु (सलल) , वढी गोलकर्ता भुपेन लिम्बु(पुलिस) र उदयीमान खेलाडी कपिल तामाङ (सलल )वाट रहेका थिए । प्रथम पूरस्कार १५०००।– रुपैया सहित सिल तथा मेडल प्राप्त गरेका थिए भने दोस्रो हुने आयोजक सलल युवा क्लवले नगर १० हजार सहित सिल तथा मेडल प्राप्त गरेका थिए ।
कार्यक्रममा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला , १ का अध्यक्ष विष्णुकुमार मगर , २ का अध्यक्ष तेजप्रसाद तिम्सिना , ३ का अध्यक्ष देवराज चाम्लिङ , ४ का अध्यक्ष सन्तोष कार्की , ५ का अध्यक्ष भुम मगर , ६ का अध्यक्ष जंगवीर तामाङ , ७ का अध्यक्ष नरेन्द्र लिम्बु , ८ का भिम पोख्रेल र ९ का कृष्णप्रसाद लुईटेल लगायतको उपपस्थिती रहको थियो । आनन्द पौडेलले सञ्चालन गरेको कार्यक्रम सलल यूवा क्लवका अध्यक्ष वालकुमार लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।