त्यसपछि बालाई सम्झन थालें

Letang Khabar आइतबार, भाद्र २४, २०७५

-मीनकुमार नवोदित

जुन दिन छोराले ढाडमा चढेर
‘हट् घोडा हट्’ भन्न थाल्यो
त्यही दिनदेखि मैले बा’लाई सम्झन थालें।

त्यस भन्दाअघि त सम्झिरहें–
बाल्यकालका दौंतरीलाई
गणितको सूत्र नजान्दा
कान समाएर उठबस गराउने शिक्षकलाई
महिना नलाग्दै कोठा भाडा माग्ने घर मालिकलाई
अफिसमा सधैं जोक सुनाउने हाकिमलाई
छिनछिनमा चियोचर्चो गरिरहने छिमेकीलाई
अभावको आगो ताप्न नसकेर
आत्महत्या गर्ने धनजिते दर्जीलाई
र सम्झें–
आफ्नै जिन्दगीको अन्तिम ठेगानालाई।

जीवनको उकाली चढ्दै गर्दा
आज बा’लाई सम्झिरहेको छु
बा’लाई दङ्ग्याउन रातभरि ढिकुटीमा लुकेको
बा’लाई थर्काउन खोर्सानीबारी फाँडेको
अनि, गाई, भैंसी, गोरु सबै–सबैलाई
फुकाएर मकैबारीमा छाडेको
सिरानीमुनिबाट सुटुक्क पैसा निकालेर
असंख्य रहरहरू पूरा गरेको
विद्यालय जाने बहानामा साथीसंगीसँगै
खरबारीमा चिप्लेटी खेलेको
बा’कै टोपीलाई भकुण्डो बनाएको।

हो, यतिबिघ्न उपद्रो गर्दा पनि
बा आँगनको डिलमा बसेर
प…..र क्षितिजलाई देखाउँदै
खुसीका अनेकन सपना बुन्नु हुन्थ्यो
र, पढाउनु हुन्थ्यो जिन्दगीका पाठ।

मारेर आफ्ना असंख्य चाहनालाई
मेरै चाहनालाई मलजल गरिरहनु हुन्थ्यो
बा निरन्तर।

आज बा’को ठाउँमा छु म
सायद मेरो छोराले नि यसरी नै
सम्झँदो होला कुनै दिन–
र, भन्दो होला बा भनेको त साँच्चै
हजारौंको प्यास मेट्दै अविरल बग्ने
नदीको अर्को नाम रै’छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ