बिसन चाम्लिङ राई
जनतालाई केही समयपछि घरघरमा पाईपबाट ग्याँस र्पुयाउने सपना बाँडेका प्रम ओली बिराटनगर स्थित श्रीकृष्ण गौसेवा सदनले आसपासका ३२ घरलाई बाँडेको गोबर ग्याँसको उद्घाटन गरेर घरघरमा पाईपबाट ग्याँस र्पुयाउने आफ्नो सपनाले मूर्त रुप लिएको आत्मरतिमा रमाई रहेका छन् ।
मंत्रीहरुको लावालस्कर सहित बडो तामझामका साथ उद्घाटन स्थल पुगेका ओलीजीले गोबर ग्याँस जडित चुल्होमा ‘खिटिक्क’ लाईटर जलाउँदै अब सिलिण्डरको डल्लो बिस्थापित हुने क्रम शुरुभएको जनाउ दिन समेत भ्याएछन् । प्रमज्यू के तपाईले भनेको घरघरमा ग्यास पाईप र्पुयाउने योजना यहि हो तरु गोबर ग्याँसले नै सारा नेपालीको सिलिण्डरको डल्लो बिस्थापित गर्न सम्भव छ । यो कार्यक्रम कतिको व्यापक र दीर्घकालीन होलारु कृषिप्रधान देशको सरकारले कृषि क्षेत्रमै गरेको ५० बजेट कटौती र गोबर ग्यासले सिलिण्डरको डल्लो बिस्थापनगर्ने तपाईको योजनाले मेल खान्छ ? गौसेवा सदनको अग्रसरता, बिराटनगर महानगरपालिका र विश्व बैंकको सहयोगमा निर्मीत प्लाण्टमा सरकारको बिस लाख मिसाएर सम्पूर्ण योजना नै सरकारले सम्पन्न गरे जसरी स्वामित्व लिन तपाईलाई अलिकती सरम लागेन ? ३२ वटा घरमा बाँडिएको गोबर ग्याँस उद्घाटन गर्न भ्याउने नेपालका प्रधानमन्त्री तपाईं र तपाईका मन्त्रीहरु मनकारी कि बेरोजगारी ? देशलाई सबै किसिमका अन्यौलहरुबाट मुक्त गराउन राष्ट्रिय महत्वका नीति, निर्णय र निर्माणहरुमा खर्चिनुपर्ने समय केमा लगाई रहनुभएको छ ? हेक्का त छ आफुलाईरु किन यति सस्तो तपाईं र तपाईको समय?
प्रमज्यू , कृपया अब पनि सस्तो लोकपृयता र स्वबिज्ञापनमा नरमाउनु होला । तपाईको किमती समय राष्ट्रहितका महत्वपूर्ण बिषयहरुमा खर्च हुन सकोस् । जनताले महशुसगर्ने गरि परिणाम दिंदै जानु, तपाईले आफ्नो बिज्ञापन आफैं गरिरहनु पर्दैन, हामी गरिदिन्छौं तपाईं र समग्र सरकारको बिज्ञापन । नेपालको जय होस ।