बेहुलो विना नै बिहे गरिने अनौठो चलन

Letang Khabar बिहिबार, भाद्र ०७, २०७५

बिहे भन्ने बित्तिकै बेहोला र बेहुलीको मिलन भन्ने बुझिन्छ । अरु भाँडमा जाउन्, तर बिहेमा बेहुलो र बेहुलीको उपस्थिति चाहीँ अनिवार्य हुन्छ । बेहुलो बेहुली बिनाको बिहेको कल्पना पनि गर्न सकिन्न । तर भारतमा भने एउटा यस्तो ठाउँ छ जहाँ बेहुलो विना नै बिहे हुन्छ ।

गुजराँतको उदयपुर जिल्लामा बेहुलो बिनाको अनौठो बिहे हुन्छ । बिहेमा दुलही त हुन्छिन् तर दुलाहाको उपस्थिति हुँदैन । उदयपुर जिल्लाका सुरखेडा, अबाा तथा सनाडा गाउँमा बस्ने राठवा समुदायका मानिसहरुमा यस्तो प्रचलन सदियौँ देखि चलिआएको छ ।

बिवाहमा दुलाहाले गर्नुपर्ने सबै काम उसकी कुमारी बहिनीले गर्दछिन् । बेहुला जन्तीसँग दुलहीको घरमा जाँदैनन्, दुलही र जन्ती कुरेर आफ्नै घरमा बसिरहन्छन् ।
सामान्य रुपमा विवाहको जग्गेमा बेहुलाले गर्नुपर्ने सबै काम बेहुलाको बहिनीले गर्नुपर्छ । बेहुलाकै रुपमा बेहुलाकी बहिनी घोडा चढेर आफ्नो हुनेवाला भाउजुको माइतीमा जन्ती सहित पुग्दछिन् । बरमाला लगाउने तथा स्वयंवरको औँठी लगाउने सबै काम ती वधु र उनकी हुनेवाला नन्दबीचमै हुन्छ । बिहे पछि नन्द भाउजुले नै अग्नीको सात फेरो लगाउँदछन् । बेहुलाकी बैनीले नै बिहेको सबै कर्म पूरा गरेर भाउजुलाई माइतीबाट विदा गराएर कर्मघर ल्याउँदछिन्, जहाँ बेहुलो कुरिरहेको हुन्छ अनि भाउजुलाई ल्याएर दाइसामु सुम्पिन्छिन् ।

बेहुलोको घर बेहुली ल्याइसकेपछि पुनः दोश्रो पटक भव्य विवाह आयोजना गरिन्छ । र यो पटक भने नन्द होइन बेहुला र बेहुलीले बिहेका सबै कर्म पूरा गर्दछन् ।

यो परम्परा ती गाउँहरुमा ३ सय वर्षदेखि चलिरहेको छ । धार्मिक मान्यता अनुसार उक्त गाउँका देवता नै अविवाहित छन् । यसरी देवता नै अविवाहित भएको अवस्थामा गाउँका केटाहरुले कसरी बिहे गर्ने रु तर आखिर बिहे त गर्नैपर्यो, जसरी भएपनि । त्यसैले आफ्नै बिहेमा पनि जन्ती जाँदैनन् उनीहरु ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ


Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents('/home/letangkha...', '<?php exit('Acc...') #1 [internal function]: wfWAFStorageFile->saveConfig('livewaf') #2 {main} thrown in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34