यसरी मनाइयो अल्छी दिवस

Letang Khabar बिहिबार, भाद्र ०७, २०७५

आन्दोलनका क्रममा सडकमा सुतेको, धर्ना कसेको त हामीले देखे भोगेकै हौँ । कहिलेकाहीँ कार्यक्रम तथा मेलापर्वमा पनि मानिसहरुले सडक भर्दछन् । तर दुनियाँमा एउटा यस्तो देश पनि छ, जहाँ हरेक वर्ष एक दिनका लागि अल्छी मानिसहरुले सडक कब्जा गर्दछन् ।

उक्त दिनमा विभिन्न देशका अल्छी मानिसहरु उक्त देशमा आउँछन् र ओछ्यान लगाएर सडकमै सुत्दछन् ।

हो, कोलम्बियामा हरेक वर्ष विश्व अल्छी दिवस मनाइन्छ । उक्त दिवस मनाउनका लागि कोलम्बियामा दुनियाँभरका मानिसहरु आउँछन् । गत आइतबार मनाइएको यस दिवसका अवसरमा कोलम्बियाको इतागुई सहरमा हजारौँ मानिसहरु सडकमै विस्तारा लगाएर सुते ।

मानिसहरु आफूसँगै गद्दा विस्तारा लिएर सडकमा पुगेका थिए । दिनभर मानिसहरु सडकमा सुतेर आनन्द उठाए । सहर पूरै अल्छी मानिसहरुले भरिएको थियो ।

उक्त दिन मानिसहरु सडकमै ओछ्यानमा अल्छीपनमै डुबेर बिताए ।

यो पर्वको इतिहास लामो छ र यसको कारण पनि रोचक छ । कोलम्बियाका मानिसहरु तनावसँग जुध्नका लागि अल्छी दिवस मनाउने गरेका हुन् । सन् १९८५ देखि यो दिवस मनाउन थालिएको हो ।

कोलम्बियाको इतागुई सहरको जनसंख्या अहिले झण्डै २ लाख छ । आजभन्दा ३३ वर्ष पहिले सहरका एकजना बासिन्दा मारियो मोन्टोयाले सहरबासीहरुलाई कम्तीमा एकदिन आराम दिने जुक्ति सोँचे । सोही मुताविक उनैको पहलमा अल्छी दिवस मनाउन सुरु गरियो ।

अल्छी दिवसको अवसरमा अल्छीहरुका लागि विभिन्न खाले प्रतियोगिता पनि आयोजना गरिन्छन् । कसको पाइजामा सबैभन्दा राम्रो रु को सबैभन्दा छिटो विस्तारमा पुग्ने रु भन्ने खालका प्रतियोगिता हुने गरेका छन् यस दिवसमा ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ