६ सय बढी पशुहरुको स्वास्थ्य परिक्षण

Letang Khabar सोमबार, साउन २१, २०७५

मिक्लाजुङ २१ साउन । मिक्लाजुङ ५ नम्बर वडामा पशुहरुको स्वास्थ्य परिक्षण गरिएको छ । मिक्लाजुङ ५ को आयोजना तथा नेपाल पारा भेटेरीनरी एण्ड लाईभ स्टक एसोसिएसन सहयोगमा पशुहरुको स्वास्थ शिविर आयोजना गरिएको छ । कार्यक्रममा ६ सय बढी पशुहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा १० लाख बढिको औषधि बितरण गरिएको पशु चिकित्सक लेखनाथ भट्टराईले जानकारी दिए ।
कार्यक्रमको मोरङ क्षेत्र नं १ ख का सासद उपेन्द्र घिमिरेले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै आफ्नो कार्यकाल भित्र किसानको पक्षमा ठुला योजनाहरु ल्याउने बताए । आफू पनि किसान नै भएकाले किसानका समस्याका बारेमा आफुलाई सबै जानकारी भएको बताए ।
कार्यक्रममा मिक्लाजुङ गाउपालिकाकी उपाध्यक्ष सरला राई , प्रमुख प्रसासकिय अधिकृत युवराज आचार्य , वडा अध्यक्ष रुद्र लिंदेन रहेका थिए ।
पारा भेटेरीनरी एन्ड लाईभ सटकका प्रदेश संयोजक योगेन्द्र लाल यादवको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ