मनिषा भण्डारी
लेटाङ ३० असार । नेपाली कांग्रेको भातृ संगठन नेपाल महिला संघ लेटाङ कार्यसमिति समायोजन भएको छ । राज्य पूर्नसंरचनामा गए पनि ३ वटा स्थानिय निकायहरु लेटाङभोगटेनी नगरपालिका , जाँते गाविस र वारंङी गाविस मिलेर स्थानिय तह अन्तर्गत लेटाङ नगरपालिका वनेको थियो । स्थानिय तह वनेको एक वर्ष विते पनि नेपाल महिला संघ पूरानै ढाँचामा चलिरहेको थियो भने ३ वटा स्थानिय तहहरु आफ्नै ढंगवाट सञ्चालन भईरहेका थिए । कार्यक्रममा ईन्दु चौधरी सभापति हुने र तत्कालिन जाँते गाविसकी सभापति रेखा लिम्बु र वारङी गाविसकी सभापति वुद्धमाया लिम्बू सहसभाति रहने गरी सहमती भएको छ । आजको सभावाट २३ सदस्य नगरकार्यससमिती वनेको छ ।
नेपाली कांग्रेस मोरङका सभापति तथा संविधान सभा सदस्य डिगवहादुर लिम्बूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लिम्बूले नेपाली कांग्रेसको नेतृत्वमा वनेको सरकारले मासिक ५ हजार विरामीहरुका लागि दिएको सुविधा अहिलेको नेकपाको सरकार र यसको नेतृत्व गरेका केपी ओलीले कटौती गरेको र ६५ वर्षका नेपाली नागरिकहरुलाई दिएको भत्ता कटौती गरेकामा निन्दा गरे । उनले उखान र टुक्काले देश नवन्ने भन्दै वहुमत सरकारले जनतालाई जिल्ल पार्ने काम मात्र गरेका आरोप लगाए । नेता लिम्बूले देश समस्यामा जकडिरहेको वेला सरकारले खेल्नुपर्ने भुमिका खेल्न नसकेमा आपत्ती जनाए । लामो समय देखि जनताको पक्षका माग राखेर आमारण अनसन वसिरहेका गोविन्द केसीले उठाएका जायज मागलाई तत्काल सम्बोधन गर्न आग्रह समेत गरे ।
अर्को प्रसङ कोट्याउदै नेता लिम्बूले पार्टी भित्रका आन्तरिक संगठनहरु पनि मजबुद हुन जरुरी रहेको वताए । महिला संघ ,तरुण दल , नेविसंघ जस्ता संगठनहरु गतिशिल हुन आवश्यक रहेको नेता लिम्बुको भनाई थियो । नेपाल महिला संघ लेटाङको पूर्नगठित समितिलाई नेता लिम्बुले वधाई तथा प्रगतिको शुभकामना समेत दिए ।
कार्यक्रममा महासमिति सदस्य तथा नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य सुभद्रा भट्टराई , महासमिति सदस्य ललित अधिकारी , नेपाल महिला संघकी केन्द्रीय सदस्य द्वय सिता कार्की तथा शोभा पालुङवा , नेपाली कांग्रेस मोरङकी जिल्ला सदस्य टिकामाया तामाङ , नगर सभापति राजकुमार लामा लगायतले शुभकामना मन्तव्य दिएका थिए ।