चिकित्सा शिक्षा विधेयक फिर्ता लिन पूर्वप्रधानमन्त्री भट्टराईको माग

Letang Khabar आइतबार, आषाढ २४, २०७५

 

अरुलाई पनि शेयर गर्नुहोस

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले अगाडि बढाउन खोजिरहेको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन्।

संसदमा समय लिएर बोल्दै भट्टराईले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे ध्यान पुर्‍याउन समेत सरकारलाई आग्रह गरे।

‘शिक्षा र स्वास्थ्य भनेको कहिल्यै पनि मुनाफाको विषय हुन सक्दैन’, भट्टराईले भने, ‘चिकित्सा शिक्षा विधेयकको मस्यौदा प्रतिगिगमनकारी प्रकारको छ।यसले शिक्षा स्वास्थ्य क्षेत्रलाई मुनाफाको क्षेत्रमा मात्र छाडेको छैन। शिक्षा र स्वास्थ्य आम जनताको पहुँच बाहिर जाने र केही मुठिभर मान्छेले मात्र यसको व्यापारिकरण गरेर लाभ उठाउने दिशा उन्मुख छ।‘भट्टराईले साम्यवाद उन्मुख पार्टी सत्तामा रहेका बेला विधेयक रोकिनुको सट्टा प्रश्रय दिइएको भन्दै विरोध जनाए। उनले चिकित्सा र शिक्षा क्षेत्रमा उदारवादको नक्कल गर्दा भित्रिएको विकृतीलाई रोक्नुपर्ने तर्क गरे।

‘विधेयक फिर्ता लिनुपर्छ। यसैका लागि गोविन्द केसीले १५ औँ पटक अनसन बस्दै आइराख्नु भएको छ’, भट्टराईले भने, ‘गम्भीरतापूर्वक लिएर स्वास्थ्य अवस्थाको ध्यान दिनुपर्छ।‘भट्टराईले सार्वजनिक क्षेत्रमा विरोध प्रदर्शन रोक लगाइएको प्रति समेत आपत्ति जनाए।‘जनताले पनि नसुन्ने र सरकारको पनि ध्यान नपुग्ने कुना काप्चाका गल्लीमा विरोध गर्न पाउने भनेर जुन प्रकारको निर्णय गरेको छ। लोकतन्त्र समाजवाद विरुदध छ’, भट्टराईले भने, ‘कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले स्वतन्त्रतालाई कुण्ठित गर्ने निर्णय गरेको छ। यो समाजवाद माक्सवाद विपरित त छँदैछ, लोकतन्त्रका सामान्य मुल्य मान्यताको पनि विरुद्ध छ त्यसैले यो मान्य छैन।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ