लेटाङ प्रीन्सेसको ट्ल्यालेन्ट सो राउन्ड सम्पन्न

Letang Khabar मंगलबार, साउन ०१, २०७५

लेटा१ साउन । लेटाङ प्रिन्सेसका प्रतिष्पर्धीहरुले आफ्नो प्रतिभा देखाएका छन् । लेटाङ लायन्स क्लबको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको उपाधि होडमा रहेका ४२ जना युवतीहरुले आ–आफ्नो प्रतिभा देखाएका हुन् । सहभागीहरुले नृत्य, गायन, भाषण, नाटकलगायत प्रस्तुत गरेका थिए ।
लेटाङकै जुनु लिम्बू, सृष्टि लामा, शान्ति राई, बारा राई, निस्मा ठकुरी, राहिल गिरी, रोशनी लिम्बू, सजिना लिम्बू, कृतिका कट्टेल, सुनईना कार्की, विविका लिम्बू, लबिसा श्रेष्ठ, यूनिसा निरौला, प्रिंयका रानामगर, नम्रता चाम्लिङ राई, हाङमा लावती, निता लुङ्गेली मगर, जानुका मगर, अनिशा तामाङ, लिजा सुवेदी, सुष्मा निरौला, अस्मिता लुईटेल, विपिना राई, मनिला साम्पाङ राई, दर्शना न्यौपाने, प्रजिसा ढकाल, आस्था राई, अस्मिता लिम्बू, बन्दना लिम्बू, सुजाता खतिवडा, नाईशा दियाली, रुपा थापा, श्रेया लिम्बू, फुङ्मा वजी, मुना मल्ल, प्रतिशा बुढाथोकी, सुनिता राई, साइन्द्रा बान्तावा राई, संगम राई, क्यामा लामा, दिपा लिम्बू, सुनिता भट्टराई को लेटाङ प्रिन्सेस बन्ने भन्ने होडमा छन् ।
प्रतिष्पर्धीहरुको ट्यालेन्ट शो कार्यक्रमको जर्जमा गायक दिपक
बराइली, नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष मन्जरी घिमिरे, फेशन डिजाइनर उषा श्रेष्ठ र नृत्य निर्देशक सन्तोष हिङमाङ रहेका थिए । किशोरीहरुको क्षमता विकास र अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको फाइनल राउण्ड साउन २ गते ग्रीन पिस पार्टी प्यालेस लेटाङमा हुँदैछ । मिसेस नेपालकी उपविजेता एबं सामाजिक ब्यक्ति शान्ति पाख्रिनले व्यक्तित्व विकास, सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, जीवनशैली, कला संस्कृति, उद्घोषण, क्याटवाक, अवलोकन भ्रमणका बारेमा प्रशिक्षण दिइरहेकी छिन् । विजेताले ताजसहित विभिन्न कलेजमा छात्रबृत्तिको साथै आकर्षक पुरस्कारहरु समेत पाउने आयोजकले जनाएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ