लेटाङ नगरपालिकाको बजेट ४४ करोड १३ लाख

Letang Khabar सोमबार, आषाढ २५, २०७५

नगरमा रहेका सबै फुसको छानो भएका घरमा जस्तापाता लगाइ दिने

अरुलाई पनि शेयर गर्नुहोस

प्रशान्त निरौला

लेटाङ(मोरङ) २५ असार । उत्तरी मोरङको लेटाङ नगरपालिकाले आफ्नो नगरमा रहेका सबै फुसको छानो भएका घरहरूमा जस्तापाता लगाइदिने भएको छ । आज सोमवार तेस्रो नगर सभाको अवसरमा नगर प्रमुख शंकर राई लगायत प्रतिनिधि सभाका सदस्य घनश्याम खतिवडा,प्रदेश सभा सदस्य उपेन्द्र घिमिरेले वडा नं। १का मानबहादुर लिम्बूलाई जस्तापाता दिएर कार्यक्रमको सुरुवात गर्नुभयो ।
यस अघि नगरपालिकाले सोमवार नै तेस्रो नगर सभाको आयोजना गरी नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
कृषि विकास बैंक, क्षेत्रीय तालिम केन्द्रको सभाहलमा नगरपालिकाकी उप प्रमुख कृष्णकुमारी पोख्रेलले नीति तथा कार्यक्रम सँगै ४४ करोड १३ लाख ९५ हजार रुपियाँको बजेट सार्वजनिक गर्नु भएको हो । नगरको आयतर्फ संघीय सरकारबाट वित्तीय समानीकरण १० करोड ७३ लाख रुपियाँ रहेको छ । केन्द्रीय राजश्व बाँडफाँडबाट प्राप्त हुने ७ करोड ७६ लाख ६० हजार ,प्रदेश स्तरीय वित्तीय समानीकरणबाट ३५ लाख३३ हजार,प्रदेश स्तरीय सवारी साधन कर बाँडफाँडबाट ७४लाख २ हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकारबाट सशर्त अनुदान १ करोड, आन्तरिक आय १ करोड,सन्चित कोष मौज्दात ३ करोड,सर्शत अनुदान १२ करोड ९८ लाख ,सामाजिक सुरक्षा ६ करोड ३० र सडक बोर्डबाट अनुदान २७ लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै खर्च तर्फ पूँजीगत खर्च ११ करोड ४४ लाख २० हजार रुपियाँ विनियोजन गरिएको छ । वडाहरूलाई ६ करोड ७५ लाख९९ वडालाई० शिक्षा,स्वास्थ्य, पशु कृषिका लागि सशर्त १२ करोड ९८ लाख ,सामाजिक सुरक्षा भत्ताका लागि ६करोड ३० लाख र प्रदेश सरकारबाट सशर्त १ करोड रुपियाँ,सडक निर्माण खर्चमा २७ लाख र वडा कार्यालयको सञ्चालन खर्च ५ करोड ३९ लाख ७५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

बजेट उत्कृष्ठ – सांसद घनश्याम खतिवडा

नगरसभाको उद्घाटन समारोहमा बोल्दै प्रतिनिधि सभाका सदस्य घनश्याम खतिवडाले उत्तरी मोरङको लेटाङलाई पूर्वाधार सम्पन्न पर्यटकीय नगर बनाउन नगरपालिकाले उत्कृष्ठ बजेट ल्याएको बताउनु भयो । उहाँले झण्डै एक चौथाई मोरङको भू भाग ओगटेको लेटाङ नगरपालिकालाई जनसंख्याको आधारमा बजेट विनियोजन गर्दा अन्याय भएको बताउनु भयो । उहाँले भन्नुभयो – भूगोल र जनसंख्यालाई आधार मानेर बैज्ञानिक ढङ्गले बजेट विनियोजन गर्नुपर्छ , अन्यथा विकट क्षेत्रका बासिन्दाले विकासको अनुभूति गर्न पाउने छैनन ।
सांसद खतिवडाले प्रदेश नं। १ को राजधानी बिराटनगर नै हुने दाबी गर्दै भन्नुभयो –विराटनगर बाहिर राजधानी लगिए अस्थिरता सिर्जना हुने निश्चित छ । तर, उहाँले कस्तो अस्थिरता आउने बारे बोल्नु भएन । खतिवडाले प्रदेशको नाम समेत सबैलाई अपनत्व हुने गरी राखिने उल्लेख गर्नुभयो । उहाँले विकास निर्माणको युग सुरु भएकोले अब सबैले राजनीति भन्दा माथि उठेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

दुर्गम वडालाई बजेट कम भयो – पूर्व सभासद डिगबहादुर लिम्बू

पूर्व सभासद एवं नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले कनिका छरेर बजेट विनियोजन गर्दा विकास निर्माणमा समस्या पर्ने बताउनु भयो । उहाँको भनाई थियो –‘२५ हजारको अङ्कमा बजेट छुट्ट्याउँदा कार्यकर्ता खुशी होलान तर कुनै पनि विकास निर्माण सम्पन्न हुँदैन ।उहाँले नगरका सबै वडालाई एकनासले बजेट विनियोजन गर्दा दुर्गम वडाहरू अन्यायमा परेको उल्लेख गर्दै दुर्गम वडाहरूलाई प्राथमिकता साथ वजेट छुट्याृनु पर्नेमा जोड दिनुभयो ।

पर्यटन विकासका लागि बजेट कमी –प्रदेश सांसद उपेन्द्र घिमिरे

प्रदेश सभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले मोरङका प्रमुख पर्यटकीय क्षेत्र उत्तरी मोरङ मै रहेकोले तिनको विकासका लागि बजेट कमी भएको बताउनु भयो । उहाँले बैज्ञानिक वन ब्यवस्थापन कार्यक्रमले बनको दिगो ब्यवस्थापन हुन नसक्ने उल्लेख गर्दै सामूदायिक वन मार्फत दिगो वन ब्यावस्थापन कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

अनुदान वृद्धि गर्न माग – प्रशासकीय अधिकृत चापागाँई

नगरका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले भूगोललाई पनि जनसंख्या कै आधारमा बजेट विनियोजन गनु पर्ने बताउँदै सभासद खतिवडासँग वित्तिय समानीकरण र सशर्त अनुदानमा वृद्धिमा गर्न माग गर्नुभयो ।

नगरको समृद्धि अभियानमा लाग्ने प्रतिवद्धता – नगरपालिकाका प्रमुख शंकर राई


कार्यक्रमको समापन गर्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले नगरको विकासमा ठूलो चुनौति रहेको बताउनु भयो । उहाँले भन्नुभयो–पहाडी दुर्गम गाउँहरू मिलेर नगर बनेको छ । नगरपालिकाको भूगोल ठूलो छ । ठूलो भूगोलमा जनसंख्याका आधारमा बजेट विनियोजन हुँदा काम गर्न समस्या भएको छ । राईले सकेसम्म नगरका सबै स्रोत साधन परिचालन गरेर नगरको समृद्धिको अभियानमा लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ