अबको शिक्षा सीप र उत्पादनमा आधारित हुन्छ: मन्त्री पोखरेल

Letang Khabar आइतबार, आषाढ २४, २०७५

 

काठमाडौँ, असार २४ गते । सरकारले विद्यार्थी भर्ना अभियानअन्तर्गत आज देशभर ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको छ ।

‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ व्यावहारिक शिक्षा प्रदान गर्न सबै जिल्लामा आज जागरण अभियान सञ्चालन गरिएको हो ।

अभियानकै शुरुआतमा आज देशभरि नै प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

प्रभातफेरीपछि आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा सीप र उत्पादनमा आधारित प्राविधिक शिक्षा हुने बताउनुभयो ।

उहाँले नेपालको शिक्षालाई विश्व शिक्षासँग जोड्न पनि प्राविधिक र व्यावहारिक शिक्षा आवश्यक रहेको बताउनुभयो । ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई साकार पार्न सरकार प्राविधिक शिक्षामा लगानी बढाई यसको विस्तार गर्ने योजनामा रहेको पनि उहाँले बताउनुभयो ।

मन्त्री पोखरेलले प्राविधिक शिक्षालाई प्रभावकारी बनाउन प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सिटिइभिटी० लाई पुनर्गठन गर्ने तयारी गरिएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “चिकित्सा क्षेत्रमा सुधारकै लागि भनी अब डा गोविन्द केसीले पटक पटक अनशन बस्नु पर्दैन । सबै मुद्दाको समाधान वार्ताको माध्यमबाट खोजिनुपर्छ ।”

कार्यक्रममा शिक्षा सचिव खगराज बरालले प्राविधिक शिक्षामा विगतको भन्दा अहिले जागरण बढेको जस्तो देखिए पनि जनशक्ति उत्पादनमा भने अझै कमजोरी रहेको बताउनुभयो ।

कार्यक्रममा सांसद एवं अनेरास्ववियुका अध्यक्ष नविना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, अखिल ९क्रान्तिकारी०का अध्यक्ष रञ्जित तामाङले सरकारले प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सिटिइभिटीका सदस्य सचिव पुष्प वाग्ले, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष कश्यप पौडेल तथा निजी प्राविधिक शिक्षालय महासंघका अध्यक्ष शैलेन्द्रमोहन झालगायतले सबै स्थानीय तहमा प्राविधिक शिक्षाको विस्तार गर्नुपर्ने बताउनुभयो ।

प्रभातफेरीमा शिक्षा मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स, निजी प्राविधिक शिक्षालय महासंघलगायत प्राविधिक शिक्षासँग सरोकारवाला संस्था तथा प्रतिनिधिको सहभागिता रहेको थियो । ९रासस०

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ