उदयपुरमा ट्याक्टरको ठक्करबाट तीन जना घाइते

Letang Khabar आइतबार, आषाढ २४, २०७५

उदयपुर, असार २४ गते। उदयपुरको त्रियुगा नगरपालिका १३ गाईघाट-बेल्टार सडक खण्डमा आइतबार बिहान ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार तीन जना घाइते भएका छन।

स १ त ११३९ नम्बरको ट्याक्टरले बा ४३ प ६१६ नम्बरको स्कुटरलाई ठक्कर दिंदा त्रियुगा नगरपालिका १३ बस्ने २० वर्षीया रुपा ढुङगेल, पछाडी सवार ३५ वर्षीया पम्फा राई र उनकी ७ वर्षका छोरा विष्णु कुमार राई घाइते भएका हुन।

घाइते तीनै जनालाई उपचारका लागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ भने ट्याक्टरका चालकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ