विराटनगर महानगर भित्रको ट्राफिक व्यवस्थापनलाई व्यवथित वनाइदै , वानवे खुले पछि जनताले पाउने भए राहत 

Letang Khabar आइतबार, आषाढ २४, २०७५

विराटनगर २४ आइतवार । विराटनगर महानगर भित्रको ट्राफिक समस्यालाई व्यवस्थित बनाइने भएको छ । जिल्ला ट्राफिक,यातायत व्यवसायी,उद्योगी लगायत सरोकार सम्बद्धहरु संग आइतवार महानगरमा भएको छलफलमा ट्राफिक समस्या समाधान गर्ने निर्णय भएको हो ।

जसका लागि विराटनगर स्थित ट्राफिक चोकदेखि जलजलामोड सम्म मेनरोडमा दुवै तर्फ पार्किङ्ग निषेध गरिनका साथै ए प्लट , वि प्लट र नमस्कार होटल अगाडीको भागमा पार्किङ्ग गर्न दिइने, बुधहाटचौक हनुमान मन्दिर देखि जलजला मोडसम्म लाग्दै आएको वान वे मा दुइपांग्रे सवारी साधनलाई आवज जावतमा खुल्ला गरिने भएको छ । यस्तै अन्य सवारीसाधनको हकमा वान वे यथावत रहने छ । यस्तै वडाप्रहरी कार्यालय क देखि जलजला मोडसम्मको सडकमा समेत एकतर्फी पार्किङ्गको व्यवस्था गरिने निर्णय गरिएको छ । कार्यक्रममा महानगरका मेयर भीम पराजुलीले ट्राफिक संगको सहकार्यमा महानगरले जनमुखि कार्यलाई निरन्तरता दिने बताउनु भयो । उहाँले महानगर भित्रको ट्राफिक व्यवस्थापनलाई साउन १ गतेदेखि पूर्ण कार्यन्वयनमा ल्याउने जानकारी दिनु भयो । यस्तै कार्यक्रममा जिल्ला ट्राफिकका प्रमुख शिब पोखरेलले ट्राफिक व्यवस्थापनमा केही नयाँपन दिन आफु लागिपरेको बताउनु भयो । पोखरेलले जिल्लाभरि आफुले ट्राफिकको समस्या पहिचान गरी समाधानका लागि अगाडी वढेको बताउनु भयो ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल ,मोरङ व्यपार संघका अध्यक्ष पवन सारडा ,उद्योगी नविन रिजाल ,जिल्ला प्रहरीका प्रहरी नायव उपरिक्षक निशान थापा ,विराटव्यपार संघका सुजन थापा, पूर्व नेपाल यातायत व्यवसायी महानसंघका धर्मदेव साह लगायतले ट्राफिक व्यवस्थापन र सहजताका विषयमा सुझाव दिनु भएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ