प्रशान्त निरौला
लेटाङ २४ असार । लेटाङ जेसिजले एकदिने नेतृत्वविकास तालिम सम्पन्न गरेको छ । शनिवार लेटाङ नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा लेटाङ नगरपालिका भित्रका जेसि तथा ननजेसी गरी ५० जनाले तालिम लिएका थिए ।
नेपाल जेसिजका पुर्व राष्टिय अध्यक्ष फुलकुमार लालवानी द्धारा दिईको तालिमको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले फुलमा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन समारोहलाई सम्वोधन गर्दै लेटाङ नगरप्रमुख शंकर राईले लेटाङ जेसिजले नेतृत्व विकासका क्षेत्रमा ठुलो योगदान दिएको भन्दै प्रसंसा गरे । नगरप्रमुख राईले लेटाङ जेसिजलाई विपद व्यवस्थापन समितिको सदस्यका रुपमा मनोनित गरिने पनि कार्यक्रममा उदघोस गरे । उनले जेसिस हरेक युवाहरुलाई सकारात्मक वाटोमा हिडाउन सिकाउने संस्थाको रुपमा आफुले लिएको वताए ।
कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथीको मन्तव्य राख्दै नेपाली कांग्रेस मोरङका सभापति , पुर्व सांसद तथा लेटाङ जेसिजका संरक्षक डिगवहादुर लिम्बुले लेटाङको गहनाको रुपमा रहेको जेसिजले प्रजातान्त्रिक प्रक्रिया विधि र शाषन पद्धतीका वारेमा सिकाउने भएकाले सवै युवाहरुको आकर्षणको केन्द्र वनेको वताए । विधिको शाषनमा विश्वास राख्ने जेसिजले युवाहरुलाई सकारात्मक वाटोमा हिड्न सिकाएको वताए । लेटाङ जेसिज वाट थुप्र्रै नेताहरुको जन्म भएको दृष्टान्ट उदृत गर्दै नेता लिम्बुले नेतृत्व विकासका लागि जेसिजको सिकाई उल्लेखनिय भएको वताए । उनले जेसिजका हरेक कामप्रति आफ्नो सहयोग रहने वताउदै प्रगतीको शुभकामना दिए ।
कार्यक्रममा हटौडा जेसिजका पुर्व अध्यक्ष श्याम पौडेल , नेपाल जेसिजका राष्टिय उपाध्यक्ष श्यामसुन्दर पौडेल ,लेटाङ जेसिजका पूर्व अध्यक्ष तथा लेटाङ नगरपालिका ३ का वडा अध्यक्ष देवराज चाम्लिङ लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
कार्यक्रम लेटाङ जेसिजका वर्ष २०१८ का अध्यक्ष अध्यक्ष मनिष सुर्यमगरको सभातित्वमा सम्पन्न भएको थियो ।