कांग्रेसले ३ बजे पत्रकार सम्मेलन गर्दै, यी हुन् विषय

Letang Khabar सोमबार, चैत्र २६, २०७४

काठमाडौं , चैत २६ । नेपाली कांग्रेसले दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण लगायतका विषयमा पार्टीको धारणा आउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पत्रकार सम्मेलनमा सरकारले जारी गरेको श्वेतपत्रका बारेमासमेत पार्टीको धारणा सार्वजनिक हुनेछ ।

त्यस्तै सरकार मनोमानी ढंगले चल्दै आएको आरोप लाग्न थालेपछि काँग्रेसले त्यसबारे पनि सरकारलाई सचेत गराउने तरिकाले पत्रकार सम्मेलनमार्फत सन्देश दिने स्रोतले बताएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ