उर्लाबारीमा लेखा र राजश्वसम्बन्धि तालिम सम्पन्न

Letang Khabar बिहिबार, आषाढ २१, २०७५

उर्लाबारी । मोरङको उर्लावारीमा स्थानीय व्यापारीहरुका लागि लेखा र राजश्व सम्बन्धि २ दिने तालिम सञ्चालन गरिएको छ । स्थानीय ५० जना व्यापारीहरुको सहभागिता रहेको तालिममा प्रशिक्षक जीवन बस्नेतले सहजिकरण गरे । व्रिटिस ल्यांग्वेज एण्ड आइटी कलेज उर्लाबारी र उर्लाबारी नगरपालिकाको संयुक्त आयोजनामा वडा नम्बर ७ को स्विकृत योजना अनुसार तालिम सञ्चालन गरिएको व्रिटिस ल्यांग्वेज एण्ड आइटी कलेज उर्लाबारीका प्रोप्राइटर राज गुरागाईंले जानकारी दिए ।
व्यापारीहरुमा लेखा र राजश्व सम्बन्धी आधारभुत ज्ञान नहुँदा व्यापार व्यवसायको हिसाव किताव राख्न तथा सरकारलाई कर तिर्नुपर्दा विभिन्न अस्पष्टता देखिएको गुनासो आएकाले तालिम सञ्चालन गरिएको वडा नम्बर ७ का वडाध्यक्ष वीरबल थापाले बताए । वडाध्यक्ष थापाको प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ उर्लाबारीका अध्यक्ष भरतबहादुर भट्टराई, सुनचाँदी व्यवसायी संघ उर्लाबारीका अध्यक्ष प्रितम खड्गी लगायतको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता व्रिटिस ल्यांग्वेज एण्ड आइटी कलेज उर्लाबारीका प्रोप्राइटर राज गुरागाईंले गरेका थिए भने मकालु टेलिभिजनका रेवती निरौलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ