सौन्दर्यकला तालिम सम्पन्न

Letang Khabar बुधबार, आषाढ २०, २०७५

प्रशान्त निरौला
“सौन्दर्यकला सिकेर स्वस्थ्य र सुन्दर वनौ , सीपमुलक तालिम लिएर स्वरोजगार वनौ ।” भन्ने नारा सहित महिला जाँगरण समितीे लेटाङ मोरङले २ महिने व्युटिपार्लर तालिम सम्पन्न गरेको छ । लेटाङ नगरपालिका भरीका २० जना महिलाहरुले तालिममा भाग लिएका थिए ।
लेटाङ नगरपालिकाको सभाहलमा समापन कार्यक्रमको आयोजना गर्दै आयोजक संस्थाले सवै प्रसिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरेको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै लेटाङ नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अथिती शंकर राईले सिपमुलक तालिम लिएर व्यवहारमा उतार्न जरुरी रहेको वताए । लेटाङ नगरपालिकाका वेरोजगार युवाहरुको संख्या धेरै रहेको र यसको समाधानका लागि आफु लागिरहेको वताए ।
सिप नभएर धेरै मानिसले दुखः पाईरहेको वताउदै नगरप्रमुख राईले सिप सिकेर पैसा कमाउने वाटोमा लाग्न वेरोजगार मानिसहरुलाई आग्रह गरे । सिप सिकेर केही काम गर्न चहानेहरुका लागि सधै आफु सकारात्मक रहेको वताउदै नगरप्रमुख राईले संयुक्त रुपमा प्रस्ताव लिएर आउन आग्रह समेत गरे ।
कार्यक्रमको विशिष्ठ अतिथी लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले व्यवहारिक सिप सिकेर अघि वढ्न सवैलाई आग्रह गरिन् । उनले धेरै अध्यय्न गरेर सिपमुलक तालिम आयोजना गर्नुपर्ने धारणा राखिन् । लेटाङ नगरपालिका सिपमुलक कार्य गर्न चहानेहरुका लागि सधै सकारात्मक रहेको वताईन् ।
लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरीप्रसाद चपाँगाईले सौन्दर्य व्यवसायलाई नेपाल सरकारले करको दायरामा ल्याएको वताए । व्यवसाय गर्दा व्यवसायलाई दर्ता गरेर सञ्चालन गर्न उनले आग्रह गरे ।
कार्यक्रममा लेटाङ नगरपालिकाका वडा अध्यक्षहरुको प्रतिनिधीत्व गर्दै लेटाङ ३ नंम्बरका अध्यक्ष देवराज चाम्लिङले सिप सिक्नु ठुलो कुरा नभएको तर सिप सिकेर व्यवहारमा उतार्नु ठुलो कुरा भएको वताए । उनले नगरपालिका व्यवसाय गर्नेहरुको पक्षमा जुनसुकै कदम उचाल्न तयार रहेको तथा व्यवसाय सञ्चालन गर्दा कानुनी रुपमा वैधानिकता हुन जरुरी रहेको धारणा राखे ।
कार्यक्रमलाई संस्थाकी अध्यक्ष शान्तिकलाई राईले कार्यक्रमलाई समापन गर्दै संस्थाले पहिलो पटक सिपमुलक कार्यक्रम गरेको भएर केही गल्ति भएको भए अर्को पटकको कार्यक्रममा सच्याएर जाने वताई । आगामी दिनमा पनि महिलाको क्षमता अभिवृद्धीका लागि कार्यक्रम ल्याउन आफु लागि पर्ने वताईन् । कार्यक्रम सफल वनाउनका लागि सहयोग गर्ने लेटाङ नगरपालिका र नगरप्रमुख शंकर राईलाई धन्यवाद दिईन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ


Fatal error: Uncaught wfWAFStorageFileException: Unable to save temporary file for atomic writing. in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php:34 Stack trace: #0 /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php(658): wfWAFStorageFile::atomicFilePutContents('/home/letangkha...', '<?php exit('Acc...') #1 [internal function]: wfWAFStorageFile->saveConfig('livewaf') #2 {main} thrown in /home/letangkhabar/public_html/wp-content/plugins/wordfence/vendor/wordfence/wf-waf/src/lib/storage/file.php on line 34