बम विष्फोटमा परेका पूर्वसांसद कार्कीलाई हेरेन कांग्रेस पार्टी नेतृत्वले

Letang Khabar सोमबार, चैत्र २६, २०७४

कसरी काटे होलान् १३२ दिन ?

काठमाडौं चैत २५ । कांग्रेस पूर्व सांसद नारायण कार्कीलाई सरकारले त बेवास्ता गर्‍यो गर्‍यो, पार्टी नेतृत्वले समेत बेवास्ता गरेको छ ।

प्रदेश तथा प्रतिनिधिसभा चुनावका बेला चुनावी सभामा जान लागेका कार्की विष्फोटमा परे । उनको एउटा खुट्टा काम नलाग्ने भएको छ । उनी अहिले त्रिवि शिक्षण अस्पतालको ५०१ नम्बर शैय्यामा छन् ।

विष्फोटमा परेका कार्कीलाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएपछि तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा भेट्न आए । आश्वासन पनि दिए। सबै खर्च सरकारले व्यहोर्छ । तर, पछि उनी फर्केनन् फर्केनन् । सरकारले समेत क्याविनमा बस्ने र सामान्य औषधि बाहेक केही दिन सकेन ।

कार्कीलाई भेट्न पुगेका का‌ंग्रेस मोरङका सभापति डिगबहादुर लिम्बु भन्छन्, ‘यो त हदै भयो । पूर्व सांसद । त्यसमा पनि प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार । चुनावकै दौरान विष्फोटमा परेको व्यक्तिप्रति कँही कतैबाट सहयोग नहुनु भनेको सबै भन्दा दुखद् हो ।’

उनले अगाडी भने, ‘सबै भन्दा दुखद् त पार्टी नेतृत्वले नै आफ्ना नेता कार्यकर्ताको वास्ता नगर्नु दुखद् हो । अर्कोतिर सरकारको पनि यस्ता कुरामा ध्यान जानु पर्ने हो । हामी चार पाँच जिल्लाका सभापतिहरुले के गर्ने होला भनेर चिन्ता गरेर भेट्न आएका हौँ । हामी सहयोग संकलनका लागि अभियान पो थाल्ने कि भन्ने निष्कर्षमा पुगेका छौँ ।’

घाइते कार्कीले सामान्य औषधि मात्रै अस्पतालबाट पाइरहेका छन् । महंगो औषधि र सामग्रीहरुमा आफैले खर्च गरिरहेका छन् । कार्कीलाई भेटेपछि अवस्थाबारे जानकारी दिँदै मोरङ सभापति लिम्बुले भने, ‘उहाँलाई अस्पतालको शैय्यामा थन्किएको एक सय ३२ दिन भइसक्यो । अहिलेसम्म जेनतेन खर्च धान्नु भएछ । अब उहाँले आर्थिक जोहो गर्न सक्नु हुन्न । डाक्टरले खुट्टा काट्नु पर्छ भनेका छन् ।’ यस्तो अवस्थामा हामी यहिबाट सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ, उनले भने, ‘आफ्नै सभापति सरकारमा हुँदा नभएको सहयोग अब कसरी प्राप्त हुन्छ । हामी चिन्तित भएका छौँ । पार्टी नेतृत्वले यसको जिम्मा लिनु पर्दछ ।’ प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा उदयपुर(२ बाट उम्मेद्वार रहेका कार्की २०७० को संविधान सभाको सदस्य थिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ