पुराणको मण्डपभित्र ६ बर्षिया बालिकाको शिकार 

Letang Khabar मंगलबार, आषाढ १९, २०७५

नरेन्द्र बस्नेत
मोरङ । पुराण जस्तो पबित्र कार्यमा कुनै गलत काम गर्नु त के सोच्नु समेत पाप हो । तर एक यौन पिपासुले मावली घरमा लागेको पुराणमा सहभागी भएकी एक ६ बर्षिया बालिकालाई पुराणका लागी निर्माण गरिएको मण्डप भित्रैबाट उठाएर लगी बलात्कार गरेका छन ।
मोरको पथरीशनिश्चरे ४ पिपलचौक स्थित ढकाल चौकमा मावली घरमा आयोजना गरिएको पुराणका लागी गएकी मोरङको बेलबारी ३ की ६ बर्षीया बालिका स्मिता पौडेल (नाम परिबर्तन) लाई जेठ १९ गते पुराणमा प्राबिधिकका रुपमा काम गर्न आएका सुनबर्षी नगरपालिकाका २० बर्षीय नरेश ताजपुरिया र १८ बर्षीय बिक्की पासवानले मण्डप बाटै उठाएर नजिकैको मकैवारीमा लगी बलात्कार गरेका थिए । घटना भएको झण्डै १ महिनापछि सो घटना पिडितले आफन्तलाई सुनाएपछि घटना सार्बजनिक भयो र पिडकहरु पक्राउ समेत परेका छन ।

कसरी भयो घटना ?
मावली घरमा आयोजना भएको पुराणका लागी ती बालिका त्याँहा आफन्त सहित पुगेकी थिईन । १९ गतेसम्म पुराण राम्रै सँग सञ्चालन भएको थियो । त्यहि दिउँसो ताजपुरियाले पुराणमा आएका बालिकालाई फकाउने,चकलेट किन्ने र काखमा राख्ने गर्दै आएपछि आफन्तहरुले शंका गरेका थिए । तरपनि उसले अभिभावकका रुपमा माया गरेको सम्झिएर कसैले वास्ता गरेनन ।
त्यहि बेलुका ती युवा सहित बालिका हराईन । आफन्तले खोज्ने क्रममा राति ७.४० बजे घर छेउको बाटोमा फेला पारे तरपनि बालिकाले केही नभनेपछि आफन्तहरु चुप नै बसे ।
भेलिपल्ट बालिकालाई ज्वरो आयो,आफन्तहरुको सल्लाहअनुसार धामी हजुरबा नै भएका कारण फुकफाक भयो । छिमेकीमा सामान्य हल्ला भएपनि बालिकाले केही नभनेपछि घटना सामसुम नै भयो । केही दिनपछि उनीहरु घर फर्किएपछि बालिकालाई पिसाब रोकिने समस्या भयो । उनीहरुले बेलबारकिो क्लिनिकमा जचाँए,त्याहाँ सामान्य हो भनेपछि ईटहरी लगे त्याँहा पनि सामान्य भनी औषधि दिएर फकाईयो ।
केही दिनपछि ती बालिकाले आफना बुबालाई त्यो अंकलले मकैबारीमा लगेर यसो गर्यो भन्दै ईतिबृतान्त सुनाएपछि बाबु सहित परिवारको होस उडयो । उनीहरुले केही छिमेकीलाई गुहारे उनीहरुले ठाडो कान नलगाएपछि उनीहरु ईलाका प्रहरी कार्यलय पुगे । ईलाकाले घटना पथरीको भन्दै पथरी पठायो । त्याँहा पुगेपछि प्रहरी सामु बालिकाले सबै घटनाको ईतिबृतान्त सुनाईन । त्यसपछि जेठ ३१ मा मौखिक उजुरीका आधारमा प्रहरीले ती दुबैजनालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ ।

के भन्छ परिवार र प्रहरी ?
बेलबारीको एक निजि बिद्यालयमा कक्षा १ मा अध्यायनरत बालिका एक अब्बल बिद्यार्थी हुन । उनले यसै बर्षपनि पुरुस्कार जितिन तर उनीमाथी भएको यो कहालीलाग्दो घटनाले उनी टोलाउन थालेकी छिन । उनको स्वास्थ्यमा समेत गम्भिर असर परेको छ । घटना थाहा भएपछि परिवारको आँखामा आँसु ओभाएको छैन । उनीहरु घटनामा दोषीलाई जसरी पनि कारबाही हुनुपर्ने माग गर्छन । उनका बुबाले गहभरि आँसु पार्दै भने ती यौनपिपासु नरपिसाच हरुलाई जसरी भएपनि कारबाही होस ।
उता प्रहरीले भने घटनाको अनुसन्धान भईरहेको र घटनामा ताजपुरिया संलग्न रहेको भेटिएको र पासवान पनि घटनामा संलग्न हुन सक्ने भएको आशंकामा अनुसन्धान भईरहेको र उनीहरुलाई कानुन बमोजिम कारबाही कारबाही हुने बताएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ