मदन भण्डारी लोकमार्ग वन्ने भएपछि स्थानिय हर्षित

Letang Khabar मंगलबार, आषाढ १९, २०७५

काठमान्डौ। सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउन ठूलो राशिको बजेट छुट्याएपछि यो मार्गको हुदै जाने ठाँउहरुमा खुसी छाएको छ ।

चुरे तथा भित्री मधेशलाई समेट्दै अघि बढ्ने एक हजार २०० किलोमिटर लामो यो राजमार्गको पूर्वीविन्दु मेचीनगर–१ बाहुनडाँगीको पाटापुर रहने छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको आव २०७५र७६ को बजेटमा मदन भण्डारी राजमार्गका लागि चार अर्ब ५० रूपैयाँ विनियोजन गरेका छन् ।

पहिलेदेखि नै चुरे मार्गको रुपमा चर्चा हुँदै आए पनि केपी ओली नेतृत्वको सरकारले पहिलोपल्ट यो मार्गलाई राजमार्ग बनाउने घोषणासहित पर्याप्त बजेट समेत विनियोजन गरेको हो ।

महेन्द्र राजमार्गले मेचीनगरको बाहुनडाँगी, बुद्धशान्तिको बुधबारे, जयपुर र अर्जुनधाराको खुदुनाबारी हुँदै सुनसरीको चतरा जोड्ने बताइएको छ । चतरा–हेटौडा बीचको ३०० किलोमिटर बाटोमा भने सरकारले पहिल्यैदेखि पूर्वाधार निर्माण गरिरहेको छ । चतरा मार्गमा फराकिलो कालोपत्रे बनिसकेको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ