ग्रामिणको समिक्षा सम्पन्न

Letang Khabar सोमबार, आषाढ १८, २०७५

प्रशान्त निरौला
लेटाङ १८ असार । ग्रामिण महिला विकास केन्द्रले परियोजना समिक्षा वैठक सम्पन्न गरेको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यताका वर्ष भरी गरेरका कार्यक्रमको समिक्षा गरेको हो । लेटाङ नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाले समाज रुपान्तरण खेलेको भुमिकाको वारेमा चर्चा गरिएको थियो । संस्थाले महिलाहरुको क्षमता विकासमा थुप्रै काम गरेको तथा वितिय क्षेत्रमा समेत संस्थाले काम गरेको कार्यक्रममा जानकारी दिईएको छ ।
गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले शुभकामना दिए । संस्थाले समाज रुपान्तरणका निम्ति थुपै कार्यक्रम गरेको भन्दै लेटाङ नगरपालिकाको सहयोगीको रुपमा संस्थालाई काम गर्न नगरप्रमुख राईले आग्रह गरे ।
कार्यक्रममा लेटाङ नगरपालिका २ का अध्यक्ष तेजप्रसाद तिम्सिना , ३ का वडा अध्यक्ष देवराज चाम्लिङ , ४ का वडा अध्यक्ष सन्तोष कार्की लगायतले शुुभकामना मन्तव्य दिएका थिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ