१० जनालाई ह्वील चियर वितरण

Letang Khabar सोमबार, आषाढ १८, २०७५

प्रशान्त निरौला
लेटाङ १८ असार । लेटाङ नगरपालिकाले १० जना अपांगता भएका व्यक्तीहरुलाई ह्वील चियर वितरण गरेको छ । आज नगरपालिको सभाहलमा भएको एक कार्यक्रममा शारिरिक रुपमा हिडडुल गर्न कठिन भएका लेटाङ नगरपालिकाका १० जनालाई ह्विल चियर वितरण गरिएको हो ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उनिहरुलाई ह्वील चियर वितरण गरेका थिए । ह्विल चियर प्राप्त गर्नेहरुमा लेटाङ २ की ईन्द्रमायाँ ठकुरी , लेटाङ ४ का देविप्रसाद भण्डारी , लेटाङ ५ का डेनिस राई , लेटाङ १ का देवि विक ,लेटाङ ५ का लक्ष्मिनारायण श्रेष्ठ , लेटाङ ४ का हरीवहादुर कार्की , लेटाङ ६ का मंगले मगर , लेटाङ ३ का विष्णुमाया दर्जी , लेटाङ ९ का भिमा ओझा र लेटाङ ४ का वलिराज राईलाई ह्वीलचियर वितरण गरिएको हो ।
सोही अवसरमा लेटाङ नगरपालिका भरीका ३५ जना स्वास्थ्य स्यंमसेविकाहरुलाई प्रोत्साहन रकम पनि वितरण गरिएको छ । लेटाङ नगरपालिकाका भरीका वडामै काम गर्ने महिला स्वयंसेविकाहरुलाई मासिक १ हजार रुपैयाको दरले एक वर्षको १२ हजार रुपैया वितरण गरिएको हो ।
उक्त कार्यक्रममा उमेरहद तथा अन्य कारणले स्वयंसेविका वाट वाहिरिएका २ जनालाई विदाई तथा दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । उनिहरुलाई जनहि २० हजार रुपैया समेत दिईएको लेटाङ नगरपालिकाका स्वास्थ्य शाखाका हरीशंकर साहले जानकारी दिए ।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरीप्रसाद चापाँगाई, लेटाङ ३ का वडा अध्यक्ष देवराज चााम्लिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ