त्रिशुली वाख्रा वजारको भवन उदघाटन

Letang Khabar सोमबार, आषाढ १८, २०७५

प्रशान्त निरौला
लेटाङ १९ असार । लेटाङ नगरपालिका ३ मा त्रिसुली वाख्रा वजारको भवन निर्माण गरि उद्घाटन गरिएको छ । लेटाङ नगरपालिका ३ त्रिसुली चौकमा रहेका पशुहाटमाटमा पशुसेवा विभागको सहयोगमा सञ्चालित उक्त भवनको एक कार्यक्रमका विच लेटाङ नगरपालिकाका ३ का वडा अध्यक्ष देवराज चाम्लिङ तथा वडा नम्बर ४ का वडा अध्यक्ष सन्तोष कार्कीले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

कार्यक्रममा विशिष्टि अतिथी वडा नंम्बर ४ का वडा अध्यक्ष सन्तोष कार्की , अतिथीहरुमा लेटाङ नगरपालिकाका कार्यपालिका सदस्यहरु गंगामाया तामाङ र सितादेवी लोहार, पशुशाखा अधिकृत वावुराम वस्नेत लगायतले वोलेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रममा प्रमुख अतिथी देवराज चाम्लिङले भवन निर्माण गर्नू मात्र ठुलो कुरा नभएर भवनको संरक्षण गर्न पनि उत्तिकै जरुरी रहेको वताए । उनले वाख्रा वजारमा भवनको आवश्यकता पहिल्यै देखि महशुस भएको भएता पनि भर्खर मात्र संभव भएको वताए । राईले यो भवनको सुरक्षामा सवैले ध्यान दिनुपर्ने वताए ।
कार्यक्रममा विशिष्ठ अतिथी सन्तोष कार्कीले अव्यवस्तित रहेको वाख्रा वजार अव व्यवस्थीत भएको प्रति खुसी व्यक्त गरे ।उनले यस प्रती लेटाङ नगरपलिका वडा नं ३ र पशुशाखा प्रमुखलाई धन्यवाद दिए।

१० लाख रुपैयाको लागतमा भवन निर्माण भएको वताईएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ