लेटाङ १५ असार । लेटाङ नगरपालिकाले कामहरु चुस्त दुरुस्त राख्न भन्दै सिसिटिभी जडान गरेको छ । लेटाङ नगरपालिकाको कार्यलय तथा ९ वटै वडा भित्रका गतिविधिहरुको अवलोकन सहित सेवाप्रदायकहरुले सेवा लिन आएका मानिसहरुलाई कसरी काम गरिरहेको छन् भनेर दैनिक हेरिने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिए । लेटाङ नगरपालिकाका प्रमुख शंकर राई र प्रमुख प्रसासकिय अधिकृत हरि प्रसाद चपागाँईको निगरानीमा सिसिटिभीका गतिविधि रहने छ ।
लेटाङ नगरपालिकाका आईटी अफिसर ओम पौडेलका अनुसार नगरपालिका तथा वडा कार्यलयका गतिविधिहरुको निगरानी गर्ने नगरप्रमुख र प्रमुख प्रसाकीय अधिकृतले हेर्ने वताए ।