आचार्य श्रीनिवासलाई गोली हानेको आशंकामा २ जना पक्राउ

Letang Khabar आइतबार, चैत्र २५, २०७४

विराटनगर २५ चैत । आचार्य श्रीनिवासलाई गोली हान्न संलग्न रहेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । घटनास्थल विराटनगर १४ जतुवा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिए ।
प्रहरीले स्थानीय राजनकुमार यादव र विनोद दासलाई पक्राउ गरेको हो । एसपी बिसीका अनुसार पक्राउ परेकाहरुमाथि  अनुसन्धान भइरहेको बताएका छन् । शनिबार राति २ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो ।
उनको दायाँ छातिको कुम मुनिको भाग छेडेर गोली पार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए । गोली लागेर घाइते भएलगत्तै उनलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । हाल उनले न्यूरो अस्पतालमा उपचार गराइरहेका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ