कृषी तथा पशुपंक्षी सम्बन्धी अभिमुखिकरण

Letang Khabar बिहिबार, आषाढ १४, २०७५

प्रशान्त निरौला ।
लेटाङ १४ असार ।लेटाङ नगरपालिका वडा नंबर ३ को आयोजनामा कृर्षी तथा पशुपालन व्यवसायमा संलग्न किसानहरुका विचमा अन्तरक्रीया सम्पन्न भएको छ । आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा मोरङ वचतको सभाहलमा कार्यक्रमको आयोजना भएको हो । लेटाङ नगरपालिका ३ का अगुवा कृषकहरुलाई कृषी तथा पशुपालन सम्बन्धी अन्तरक्रिया गरिएको लेटाङ नगरपालिका ३ का वडा अध्यक्ष देवराज चाम्लिङले जानकारी दिए ।
तालिमको उद्धघाटन गर्दै लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले लेटाङ नगरपालिका कृषी तथा पशुपालन क्षेत्रमा ठुलो सभ्भाव्यता तथा प्रयास भएको भन्दै कृषी तथा पशुपालन क्षेत्रमा योगदान दिने दाजुभाई तथा दिदीबहिनीहरु प्रति आभार व्यक्त गरे । नगरप्रमुख राईले कृर्षी तथा पशुपालन क्षेत्रमा योजना वनाउन लागि परेको वताए । अहिले आर्थीक वर्ष ०७५।०७६ को नीति तथा कार्यक्रम निर्माणका क्रममा रहेकाले सवैले आफ्नो क्षेत्रवाट सल्लाह सुझाव दिन आग्रह गरे ।
कार्यक्रममा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले नगरविकासको लागि योजना वनाईरहेकाले कृषी तथा पशुपालन व्यवसायलाई पनि प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउने वताईन् ।
कार्यक्रममा लेटाङ नगरपालिका ३ का वडा अध्यक्ष देवराज चाम्लिङले वडा नंबर ३ ले वडामा यो वर्ष २० लाख भन्दा वढी रकम कृषी क्षेत्रमा लगानी गरेको र लगानी अनुसारको कार्य गर्न सवैलाई आग्रह गर्नुभयो । कार्यक्रममा लेटाङ नगरपालिका ३ का ५१ जना कृषकहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संयोजन लेटाङ नगरपालिका ३ का सदस्य गोपाल वस्तीले गरेका थिए ।
कार्यक्रममा कृषी शाखाका प्रमुख श्रीधर खनाल र पशुपंक्षि शाखाका प्रमुख वावुराम वस्नेतले सहजीकरण गरेका थिए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ