महिलालाई अश्लिल गाली गर्ने गुरमेहता पक्राऊ

Letang Khabar बुधबार, आषाढ १३, २०७५

महिलालाई अश्लिल गाली गर्ने गुरमेहता पक्राऊ
मनोज भुजेल
इटहरी । महिलालाई अश्लिल गाली र ज्यान मार्ने धम्की दिने मेनपावर व्यवसायी बिरेन्द्रकुमार गुरमेहतालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार राती इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।
मोरङको सुन्दरहरैचा नगरपालिका ५ बस्ने राधिका दाहाललाई गुरमेहताले लेनदेनको बिषयमा अपशब्द प्रयोग गदै मार्ने धम्की दिएका थिए । दाहालले ज्यान सुरक्षा गरि पाँउ भनि इटहरी प्रहरीलाई निवेदन दिएपनि डिएसपी शिवकुमार श्रेष्ठले उल्टै पिडकसँग मिल्न दबाब दिएका थिए । सोमबार नै जिल्ला प्रहरी कार्यालय सुनसरीमा दाहालले अर्को निवेदन दिएपछि उनी पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय इटहरीमा छलफल गर्ने क्रममा सत्ताशिन दलको ‘प्रेसर’ मा डिएसपी श्रेष्ठले दाहाललाई मिल्न भनेका थिए । गुरमेहताबाट जग्गा बेचेको २ लाख ६५ हजार पैसा माग्ने क्रममा अश्लिल गाली गर्दै काटेर मार्ने धम्की दिएपछि उनले किटानी जाहेरी दिएकी थिइन । तर प्रहरी कार्यालयमा छलफल हँुदा गुरमेहताको पक्षमा प्रहरी देखिएपछि उनले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारी र डिएसपी नारायण प्रसाद चिमरियालाई घटनाको बिषयमा जानकारी सहितको निवेदन दिएपछि मात्र गुरमेहतालाई इटहरी प्रहरीले पक्राउ गरेको दाहालले बताइन । धम्की सहितको ४ मिनेटको अडियो समेत अधिकारी र चिमरियालाई दिएको उनले बताइन ।
‘एसपीसाँप र डिएसपीसाँवले मेरो कुरा सुन्नु भयो,’ उनले भनिन ‘अनुसन्धान गरेर न्याय दिलाउछु भन्नु भएको छ’ । दाहालले इटहरीमा पत्रकार सम्मेलनको समेत आयोजना गरि प्रहरीले घटनाको बिषयमा सहि तथ्य अनुसन्धान गर्न माग गरेकी छिन । पैसा माग्ने बिषयमा आफुले पनि गुरमेहतालाई गाली गरेको दाहाल बताउछिँन ।
‘पाँच महिनादेखि अड्किएको पैसा माग्ने अधिकार मलाई पछि छ,’ उनले भनिन ‘तर ज्यान मार्ने धम्की दिएपछि प्रहरीकहाँ निवेदन दिएकी हुँ’ । अझै पनि डर त्रासमा बस्नु परेको उनले बताइन । सुनसरीका प्रहरी उपरिक्षक राजन अधिकारीले पनि घटनाको बिषय लेनदेन नै भएकाले दुवै पक्षंको कुरा सुनेर अगाडी बढ्ने बताए । ज्यान मार्ने धम्की दिएको कारण घटना अली बढी गम्भीर भएपनि आबश्यक अनुसन्धान गर्न इटहरीका डिएसपीलाई निर्देशन दिएको उनले बताए ।
को हुन गुरमेहता ?
इटहरी ६ स्थित कृषि बिकास बैकमाथि जासिम सर्भिस मेनपावरका संञ्चालक हुन बिरेन्द्रकुमार गुरमेहता । उनलाई इटहरी प्रहरीले छलफल गर्न भनि बोलाउदा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकर्ता भएको बताएका छन ।
छलफलको क्रममा उनले गृहमन्त्री रामबहादुर थापा (बादल) को हवाला दिदै आफुलाई कसैले केही गर्न नसक्ने बताएका थिए । गुरमेहतालाई प्रहरी कार्यालयमा छलफलको लागी बोलाउदा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला तथा केन्द्रिय स्तरका नेताले डिएसपी श्रेष्ठलाई फोन गरी मिलाउन भनेका थिए ।
सोही क्रममा उनको साथमा नेकपा पार्टीका कार्यकर्ता राज चाम्लिङ थिए । चाम्लिङले पनि डिएसपीकै अगाडी दाहालको ज्यानको सुरक्षा आफुले गरिदिने बोलेका थिए । गुरमेहताले संञ्चालन गरेको मेनपावरबाट ठगिएको भन्दै दुई महिना अघि ३ जना युवाले इटहरी प्रहरीमा निवेदन दिइसकेका छन ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ