सुशिला पाठक
असार १२ आइतवार , मोरंगको सुन्दरहरैचा नगरपालिकाले आर्थिक ब र्ष २०७५, ०७६ का लागी ७९ करोड ११ लाख ६३ हजारको अनुमानित वजेट सार्बजनिक गरेको छ । नगरपालिकाकी उपमेयर धना तामांगले बिशेष समारोहका बिच आयव्ययको वजेट प्रस्तुत गरेकी हुन ।
आयतर्फ आन्तरिक आयवाट ७ करोड ५० लाख वितिय समानिकरणवाट १९ करोड ४१ लाख , प्रदेश सरकारवाट ४६ लाख ७३ हजार, वजेट सार्वजिनिकिकरण गरिएको छ । यसैगरी व्ययतर्फ चालुुतर्फको प्रसानिक खर्च १२ करोड ८१ लाख ६९ हजार, पुजिगत खर्चतर्फ ५ करोड ६३ लाख सार्वजनिक गरिएको छ ।
जसअनुुसार प्रकोप व्यवस्थापनमा १ करोड, मर्मतसभांरमा १ करोड २५ लाख, वातवरण विकासकोषमा ३० लाख, आर्थिक विकासमा १ करोड ६४ लाख, पुर्वाधार विकासमा ४ करोड ५५ लाख , सामाजिक विकासमा १ करोड ९९ लाख वजेट छुटयाएको छ ।
कार्यक्रममा वोल्दै नगरपालिकाका मेयर शिवप्रसाद ढकालले बजेटमा विभेद गरेर प्रदेश सरकार र संघिय सरकारले सिहदरवारको अधिकार गाउँमा दिन नचाहेको आरोप लगाए । अधिकारको कुरागर्ने र अधिकार र बजेट दिने कुरा आउदा कन्जुसाई गर्ने प्रवृति अव अन्त्य हुनुपर्ने बताए । समुन्नत नगरपालिका बनाउने अभियानमा नगरपालिका लागेको भन्दै नगरपालिकाले एकवर्षमा ३० किलोमिटर कालोपत्रे ५० किलोमिटर नाला निमार्ण तथा ५० किलोमिटर भन्दा वढि सडकको स्तर उन्नती गरेको उनले जानारी दिए ।
नगरपालिकाले यसवर्षको वजेटमा जेष्ठ नागरिकसंग नगरप्रमुख, लोहन्द्रा, गछिया, वुढि, सुकुना लगायतका खोलामा तटवन्ध, उज्यालो र प्रविधियुक्त सुन्दरहरैचा, वालवालिकालाई स्कुल पठाउ पूर्ण साक्षर नगरपालिका वनाउने कार्यक्रम समेटेको छ । यसैगरी कृषिमा आधुनुकिकरण,भौतिक पुर्वाधार निमाण,पर्यटन प्रर्वधन, शिक्षा स्थास्थ्यको विकासमा समेत वजेटले जोड दिएको छ ।