रतुुवामाई नगरपालिकाको बजेट ६० करोड ३५ लाख

Letang Khabar मंगलबार, आषाढ १२, २०७५

 

रतुवामाई, १२ असार । मोरङको रतुुवामाई नगरपालिकाले आर्थिक वर्ष २०७५–०७६ का लागि ६० करोड ३५ लाख ५३ हजारको अनुुमानित बजेट प्रस्तुत गरेको छ । चालुु आर्थिक वर्षका लागि नगरपालिकाकी उपप्रमुुख दयन्तदेवी चुुडालले बजेट प्रस्तुुत गरिन् ।
बजेटको कुल आम्दानीतर्फ वित्तीय समीकरण अनुुदान १५ करोड ७५ लाख, सशर्त अनुुदान १८ करोड ९२ लाख, आन्तरिक स्रोतबाट १ करोड १० लाख ३० हजार, संघीय सरकारबाट राजस्व बाँडफाँडबापत प्राप्त अनुुमानित ९ करोड ९३ लाख ७ हजार, प्रदेश सरकारबाट राजस्व बाँडफाँड ५२ लाख, प्रदेश सरकारबाट वित्तीय समानीकरण ४२ लाख ७ हजार, प्रदेश सरकार सशर्त अनुुदानमा १ करोड, सामाजिक सुुरक्षामा १ करोड २० लाख, गरिबसँग विश्वेश्वर कार्यक्रमअन्तर्गत ८ लाख ५८ हजार, सीमाक्षेत्र विकास कार्यक्रमा साढे ५७ लाख रुपैयाँसहितको अनुुमानित बजेट नगरसभामा प्रस्तुुत गरिएको हो ।
संघीय सरकारले नगरपालिकालाई गत वर्ष वित्तीय समीकरण अनुुदानमा २७ करोड रुपैयाँ उपलब्ध गराएकोमा यो वर्ष सोही कार्यक्रममा १५ करोड ७५ लाख रुपैयाँमात्र उपलब्ध गराएको नगरपालिकाका प्रमुुख रविन राईले बताए । योे वर्ष नगरपालिकाले प्रयोग गर्न सक्ने बजेटमा साढे आठ करोड रुपैयाँ कटौती गरेर संघीय सरकारले नगरपालिकाप्रति अन्याय गरेको प्रमुख राईको भनाइ छ । रतुुवाखोला र बक्राहा खोलाको बीचमा पर्ने यस नगरपालिका बाढी र जमिन कटानबाट प्रताडित हँुदै आएको छ । नगरपालिकासँग पर्याप्त बजेट नहँुुदा दीर्घकालीन तटबन्ध बनाउन समस्या भएको प्रमुख राईले बताए । नगरसभामा प्रस्तुुत बजेटमाथि छलफल सुुरु हुुने जनाइएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ