पथरीशनिश्चरेको वजेट ६० करोड

Letang Khabar मंगलबार, आषाढ १२, २०७५

पथरीशनिश्चरे, १२ असार । मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७५र७६ का लागि ६० करोड २९ लाख २७ हजार रुपैयाँको अनुमानित वजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज भएको तेस्रो नगरसभामा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नीति, कार्यक्रम सहितको सो वजेट प्रस्तुत गर्नुभएको हो । जसमा, नगरले आफ्नो हिसावले खर्च गर्न नपाउने ‘सशर्त’ शिर्षकमा १७ करोड ११ लाख र निशर्तमा वित्तिय समानिकरणतर्फ १५ करोड ८५ लाख गरी संघबाट ३२ करोड ९६ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ ।

सशर्तका रुपमा १० करोड ७० लाख ४६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता छुट्टिएर आएको छ । प्रदेशबाट समानिकरण अनुदान ४२ लाख २३ हजार प्राप्त हुने उल्लेख छ । सवारी साधन कर वाँडफाँडबाट १ करोड ३६ लाख ९२ हजार र आन्तरिक आय स्रोतबाट ४ करोड ६ लाख अनुमान गरिएको छ । मोरङका दक्षिण पूर्वी गाउँपालिका जहदाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ९४ लाख ४४ हजार बराबरको आय–व्यय विवरण पारित गरेको छ ।

प्रस्तुत बजेटमा चालूतर्फ रु १६ करोड ८० लाख ९९ हजार ५०० र पूँजीगततर्फ रु २५ करोड १३ लाख ४४ हजार ५०० विनियोजन गरिएको छ । जनसंख्या, भूगोल र आम्दानीको आधारमा वडाहरूलाई रकम विनियोजन गरिएको जनाएको उक्त गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिअन्तर्गत चार लाख विनियोजन गरेको छ ।

सुन्दरहरैचा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि रु ७९ करोड ११ लाख ६३ हजारको आय व्यय विवरण प्रस्तुत गरेको छ । नगरपालिकाका उपप्रमुख धना तामाङले नगरपालिकाले प्रकोप व्यवस्थापनमा एक करोड, मर्मतसम्भारमा एक करोड २५ लाख, वातावरण विकासकोषमा ३० लाख, आर्थिक विकासमा एक करोड ६४ लाख, पूर्वाधार विकासमा चार करोड ५५ लाख, सामाजिक विकासमा एक करोड ९९ लाख बजेट छुट्याइएको जानकारी दिनुभयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ