विहानी मार्ग-१ मर्मत सम्पन्न

Letang Khabar सोमबार, आषाढ ११, २०७५

लेटाङ १२ असार । लेटाङ नगरपालिका वडा नं ९ अन्तर्गत रहेको विहानी मार्ग-१ छोटो अवधिमा मर्मत तथा सुधार कार्य सम्पन्न भएको छ । वडाले मर्मतका लागि बजेट विनियोजन नगरेपछि त्यस टोलका उपाध्यक्ष तथा विहानी मार्ग निमार्ण समितिका अध्यक्ष रेखबहादुर बोहोराको विशेष पहलमा नगरका मेयर शंकर राईले सो मार्ग मर्मतका लागि ३ लाख रुपैया विनियोजन गरेपछि सो कार्य सम्पन्न भएको हो । बाटो मर्मत तथा सुधारका लागि उपभोक्ता तथा प्रत्यक्ष सरोकारवाला जग्गाधनिबाट ३० प्रतिशत रकम साझेदारी भएको हो । वाटो मर्मतका क्रममा दुवै तर्फ नाली निर्माण तथा २० फुटको बाटो निर्माण गरिएको निर्माण समितिका अध्यक्षले बताउनुभएको छ । बाटो निर्माणका क्रममा विभिन्न स्थानमा आवश्यकता अनुसार ८ वटा ह्युम पाइप बिछ्याइएको छ जुन नगरबाट व्यावस्थापन गरिएको कुरा निर्माण समितिका सचिव राजबहादुर लिम्बूले बताउनुभयो । सो कार्य सम्पन्न गर्दा ५ लाख ५० हजार रुपैया खर्च भएकोले नगरबाट मात्र ३ लाख रुपैया विनियोजन भएको तथा जग्गाधनि बाट ३० प्रतिशत उठ्नुपर्नेमा सो रकम उठ्न बाँकी रहेको समितिका कोषाध्यक्ष कमल खड्काले बताउनुभयो । कार्य सम्पन्न गर्नका लागि समितिले बसन्त हरियाली सा.व. तथा वडा कार्यलय समक्ष सहयोग माग गरेको कुरा अध्यक्ष बोहोराले उल्लेख गरेका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ