रेडियो, टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित पारित

Letang Khabar मंगलबार, आषाढ ०५, २०७५

रेडियो, टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित पारित

 

विराटनगर । प्रदेश नम्बर १ को प्रदेश रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित पारित भएको छ ।

प्रदेशसभाको मंगलबार बसेको बैठकले प्रदेश सरकारले पेश गरेको प्रदेश रेडियो, एफ.एम र टेलिभिजन प्रसारण सम्बन्धमा बनेको विधेयक संशोधनसँगै पारित गरेको हो ।

संसदमा पेश भएको विधेयकका ३ वटा दफा प्रेस स्वतन्त्रताको प्रतिकुल रहेको र संविधानँग बाझिएको तथा सर्बोच्चको नजिर विपरित भएको भन्दै नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले त्यसलाई संशोधन गर्न माग गर्दै आएको थियो । विधेयकमा प्रस्तुत दफा ११ मा कुनै प्रशारण संस्थाले राष्ट्रहित विपरित कार्यक्रम प्रशारण गरेमा त्यस्तो कार्यक्रम ६ महिनासम्म बन्द गर्ने तथा दफा १२ मा प्रशारण संस्थाको इजाजत नै खारेज गर्ने प्राबधान राखिएको थियो । यसैगरी दफा १६ मा राजनीतिक दललाई प्रतिकुल प्रभाब पार्ने विज्ञापन प्रशारण गर्न नपाउने प्राबधान थियो ।

पत्रकार महासंघको आग्रह अनुसार नेकपाका सांसद विमल कार्की, सावित्राकुमारी रेग्मी, लछुमन तिवारी, राजेन्द्रकुमार राई र नेपाली कांग्रेसका संसदीय दलका सचेतक केदार कार्कीले बिधेयकमाथि राखेको संशोधन प्रस्ताव सर्बसम्मत रुपमा पारित भएको हो । बिधेयकको दफा ११ मा कार्यक्रम बन्द गराउनेको सट्टा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय, इकाइबीचको सु–सम्बन्ध वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्ने, राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार, नैतिकताको प्रतिकूल कार्य गर्ने, श्रमप्रति अवहेलना गर्ने र जातीय छुवाछूत एवं लैंगिक भेदभावलाई दुरुत्साहन गर्ने कार्यक्रम प्रशारण गरेमा पहिलो पटक सचेत गराउने र अर्को पटक १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्राबधान राखिएको छ ।

 

  1. यसैगरी बिधेयको दफा १२ लाई पुरै खारेज गरिएको छ । यस्तै दफा १६ को उपदफा १(क)मा भ्रामक र गलत तथ्य राखेर राजनीतिक दल, व्यक्ति संस्था, निकाय वा कसैलाई प्रतिकुल प्रभाव पार्ने विज्ञापन प्रशारण गर्न नपाने प्राबधान राखिएको छ । प्रदेशसभा बैठकमा संशोधन प्रस्ताव उपयुक्त रहेको र प्राविधिक त्रुटीका कारण केही कमजोरी भएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले स्वीकार गरेपछि सर्वसम्मतिले उक्त विधेयक पारित भएको हो ।

मंगलबारको बैठकमा जिल्लासभाको काम कर्तव्य र अधिकार सम्बन्धि बिधेयक आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले पेश गर्नुभयो । प्रदेशभासको बुधबार ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक पेश हुने भएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ