च्यानलाइजबाट स्थानीयवासी हर्षित, स्थानीय भन्छन्, राजनितीकरणले समस्या पार्यो

Letang Khabar मंगलबार, आषाढ ०५, २०७५

किसोर श्रेष्ठ

उर्लाबारी ५ असार । उर्लाबारी नगरपालिका वडा नम्बर १ र ४ मा पर्ने सोल्टी खोला र वडा नम्बर १ मा पर्ने मिक्लु खोलामा भएको च्यानलाइजबाट स्थानीयवासी हर्षित बनेका छन् ।

अघिल्ला बर्षहरुमा खोला गाउँमा पसेर समस्या भोग्नुपरेको भएता पनि यो बर्ष भने च्यानलाइज गरेर खोला नियन्त्रणमा आएसँगै स्थानीयले राहत महशुस गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टीले ल्याएको विवाद प्रति भने खोला प्रभावित क्षेत्रका वासिन्दाले तिब्र असन्तुष्टी व्यक्त गरेका छन् ।

सोल्टी र मिक्लु खोला आसपासका बासिन्दाले खोला च्यानलाइजबाट स्थानीयलाई प्रत्यक्ष फाइदा पुर्याएको भएता पनि नेपाल कम्युनिष्ट पार्टीको अवरोधले गर्दा च्यानलाइजको काम पुरा अधुरो रहेकोमा विरोध गरेका छन् । स्थलगत रिपोर्टिङमा गएका सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थानीयहरुले खोलामा च्यानलाइज भएपछि उत्पन्न राजनीतिक विवाद प्रति असन्तुष्टि व्यक्त गरेका हुन् । राम्रो काम जो सुकैले गरेपनि रोक्न नमिल्ने र जनताको समस्यालाई सम्बोधन गर्ने मेयरलाई सरकारको आढ्मा झुठ्को राजनिती गरेर फसाउन नहुने पनि उनीहरुले बताएका छन् ।

उर्लाबारी–१ कत्लेका विशाल तामाङले च्यानलाइज रोकिएपछि स्थानीय वासिन्दा खोलाको जोखिमबाट मुक्त हुन नसकेको गुनासो गरे । उर्लाबारी– १ का जितबहादुर खड्काले च्यानलाइजबाट खोला धारमा बगेकाले कटान रोकिएको र यसले खेतियोग्य जग्गा बचाएकोे बताए । तर च्यानलाइज हुदाँहुदै काम रोकिदा भने समस्या आउने त्रास स्थानीयमा रहेको उनले बताए ।

चारैतिर छरिएर बगिरहेको खोला च्यानलाइजपछि खोला नियन्त्रित भएर बगेकाले स्थानीय वासिन्दा सुरक्षित भएको उर्लाबारी ४ का रमेश मोक्तानले उनले बताए । स्थानीय उनले च्यानलाइजपछि खोला नियन्त्रणमा आएको बताए । विगतमा खोलाको सतह उच्च भएकाले जताभावी छरिएर पानी बग्ने गरेकोमा खोला च्यानलाइजपछि नियन्त्रित र कम जोखिम भएको बताए । स्थानीय काजिलाल तिम्सिनाले खोला च्यानलाइजपछि खेतियोग्य जमिन सुरक्षित भएको बताए । तर, यस कार्यमा भएको राजनीतिक विवाद प्रति उनले असन्तुष्टि व्यक्त गरे ।

उर्लाबारी नगरकार्यपालिकाको बैठकको निर्णय बमोजिम उर्लाबारी नगरपालिका वडा नं।१ र ४ मा पर्ने सोल्टी खोलामा करिब डेढ किलोमिटर स्थानमा च्यानलाइज गरिएको थियो । खेतीयोग्य जमिनको भन्दा खोलाको सतह उच्च भएकाले जोखिम कम गर्न नगरपालिकाले खोला च्यानलाइज गरेको हो । तर, च्यानलाइज गरिएको बालुवा गिट्टी अन्यत्र निकासी गरिएको आरोप लगाउँदैै कम्युनिष्ट पार्टीका केही नेताहरुको अगुवाईमा विवाद चर्काइएको थियो । च्यानलाइज पश्चात् त्यहाँका बालुवा र गिट्टी उर्लाबारी नगरपालिकाको बिभिन्न स्थानमा रहेका सडक ग्राभेल तथा कालोपत्रेका लागि प्रयोग गरिएको नगर प्रमुख खड्ग फागोले बताए । स्थलगत रिपोर्टिङका क्रममा उर्लाबारी नगरपालिका वडा नंं।३,४, ५ र ६ का बिभिन्न सडक स्तरोन्नतीका लागि च्यानलाइज पश्चात् थुप्रिएका बालुवा र गिट्टी प्रयोग गरिएको पाइएको छ ।

त्यसैगरी उर्लाबारी नगरपालिका वडा नं।१ मा रहेको मिक्लु खोलामा पनि करिब तीन सय मिटर च्यानलाइज गरिएको छ । कम्युनिष्ट पार्टीले विवाद चर्काएपछि प्रदेश सरकारको निर्देशनमा मोरङका प्रमुख जिल्ला अधिकारीले च्यानलाइज रोकेको थियो । प्रमुख जिल्ला अधिकारीको निर्देशनमा च्यानलाइज रोकिएपछि मिक्लु खोलाको क्षति न्युनिकरण गर्न मुश्किल परेको छ । च्यानलाइज बीचैमा रोकिएपछि खोलाको सम्भावित जोखिमका कारण स्थानीय वासिन्दा त्रसित छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ