करेन्ट लागेर लेटाङमा एकको मृत्यु

Letang Khabar सोमबार, आषाढ ०४, २०७५

लेटाङ, असार ४ गते। लेटाङ नगरपालिकामा सोमबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ।

मोरङको लेटाङ नगरपालिका ५ खेरुवामा बिजुलीको पोलबाट करेन्ट लाग्दा सोही ठाउँका ५० वर्षका सुर्य मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

खेतमा झरेको बिजुलीको पोलबाट धानखेतमा जमेको पानीमा बिधुत प्रवाह हुँदा मगरलाई दिउँसो करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।

मगरको उपचारका क्रममा बिपी कोइरला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सोमबार अपरान्ह ३ बजे मृत्यु भएको हो।

उता झापाको कचनकबल गाउँपालिका ४ चकचके बस्ने खजुल मियाको ७ वर्षीया छोरी छरिता मियाको पोखरीमा डुबेर ज्यान गएको छ।

झापा बाह्रदशी गाउँपालिका ३ राधानगरस्थित मावली घर नजिकै रहेको पोखरीमा डुबेर छरिताको ज्यान गएको हो।

सोमबार बिहान मावली नजिकै रहेको पोखरीमा साथीहरुसंग खेल्न निस्केकी छरितालाई स्थानीयले पोखरीमा डुबेर मृत अवस्थामा फेला पारेका थिए।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ