कांग्रेस सभापति डीगबहादुर लिम्बूले ५ जनालाई जिल्ला कार्य समितिको विभिन्न पदमा मनोनित

Letang Khabar शनिबार, आषाढ ०२, २०७५

बिराटनगर १ असार । मोरङ कांग्रेसलाई अझै चलायमान बनाउने भन्दै कांग्रेस सभापति डीगबहादुर लिम्बूले शुक्रबार ५ जनालाई जिल्ला कार्य समितिको विभिन्न पदमा मनोनित गरेका छन । बैठकले ४ जनालाई सल्लाहाकार र १ जनालाई आमन्त्रित सदस्यमा मनोनित गरेको सचिव मोदराज घिमिरेले बताए । अशोक कोइराला , गयानन्द मण्डल , मदन संग्रौला र यदू बिष्ठलाई सल्लाहाकारमा मनोनित गरिएको छ । यस्तै बिद्यार्थी नेता हरि भट्टराईलाई आमन्त्रित जिल्ला सदस्यमा मनोनित गरिएको सचिव घिमिरेले जानकारी दिए । यस्तै वैठकले यही साउन ५ देखी ७ गतेसम्म हेटौमा हुन गइरहेको जिल्ला सभापतिको भेलामा १४ वुदे सुझाव प्रस्ताव गर्ने निर्णय समेत गरेको छ । जसअनुसार गाउँ तह देखी केन्द्रसम्म सदस्य पदमा मनोनित व्यवस्था खारिज गर्न सुझाव दिने निर्णय गरेको घिमिरेले बताए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ