लेटाङ २९ जेष्ठ । लेटाङ नगरपालिकाको ६ नम्बर वडा कार्यालयको आयोजनामा टोल बिकास समितिका पदाधिकारीहरुका लागि १ दिने क्षमता बिकास तालिम मंगलबार सम्पन्न गरिएको छ ।
टोल बिकास संस्थाले वडाको वातावरण तथा सरसफाईमा खेल्नुपर्ने भुमिका, कर्तव्य र दायित्व विषयमा महाभारत सामुदायिक बन लेटाङ ६ को सभा हलमा तालिम सम्पन्न भएको हो । लेटाङ नगरपालिकाका मेयर शंकर राईको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न गरिएको हो । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले टोल बिकास संस्थाहरुले वडाका जनप्रतिनिधिहरुको मातहतमा रहेर काम गर्नसके टोलको बिकास तथा समृद्धि हुने बताए । प्रमुख राईले लेटाङको विकासमा जनप्रपतिनीधिहरुको भन्दा उल्लेख्य भुभिका टोल विकास संस्थाका प्रतिनीधिहरुको हुने भएकाले दिर्घकालिन सोचका साथ योजना तर्जुमा गर्न सुझाव दिए । राईले लेटाङलाई समृद्ध वनाउनका लागि जनस्तरवाटै लाग्न जरुरी रहेको र लेटाङ नगरपालिकाको तर्फवाट सवै विधि अपनाउन आफु तयार रहेको वताए । राईले सवैको आवश्यकता हेरेर काम गर्न जरुरी रहेको भन्दै विकासका लागि काम गर्न तालिममा सहभागिहरुलाई सुझाव दिए ।
लिलाराज लिम्बूको सहजीकरणमा सम्पन्न तालिममा बाताबरणीय सरसफाईमा टोल बिकास संस्था र पदाधिकारीहरुले पुर्याउने सहयोग तथा आगामी आर्थिक बर्षको वडाको बजेटबाट गर्नुपर्ने मुख्य कामको योजनाहरुको छनौट गर्ने तरिकाबारे प्रशिक्षण गरिएको वडा कार्यालयका सचिब रमेश खनालले जानकारी दिए । १० बटा टोल बिकास संस्थाका ७० जनाकोे उपस्थिति रहेको तालिममा लेटाङ ६ का वडा अध्यक्ष जंगवीर तामाङले कार्यक्रमको अध्यक्षता गरेका थिए ।