सभापतिहरूको भेलामा प्रस्तुत गर्ने एजेण्डाहरूका विषयमा सुझाव संकलन

Letang Khabar मंगलबार, जेठ २९, २०७५

 


२७ जेष्ठ २०७५

विराटनगर / नेपाली कांग्रेस मोरङले आसन्न जिल्ला सभापतिहरूको भेलामा प्रस्तुत गर्ने एजेण्डाहरूका विषयमा सुझाव संकलनलाई तीव्रता दिएको छ ।

आज जिल्ला पार्टी कार्यालयमा भएको भेलामा संघीय संसद र प्रदेश सांसदको सहभागिता थियो । कांग्रेसले आगामी असार ५,६,७ गते प्रदेश ३ को राजधानी हेटौंडामा जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आयोजना गर्दैछ । सांसदहरूबाट महत्वपूर्ण सुझाव आएको जिल्ला सचिव मोदराज घिमिरेले बताए ।

छलफलमा आएका सुझावलाई सभापतिहरूको राष्ट्रिय भेलामा एजेण्डाका रुपमा प्रस्तुत गरिने मोरङ सभापति डिगबहादुर लिम्बूले जानकारी गराए । “राष्ट्रिय भेलामा मोरङका तर्फबाट प्रस्तुत गरिने विषयहरूमा र समसामयिक राजनीतिक सन्दर्भमा छलफल भयो,” सचिव घिमिरेले भने, “पार्टी सुदृढीकरणका लागि माननीयज्यूहरूबाट अत्यन्तै महत्वपूर्ण सुझाव आएका छन् ।” यसअघि शनिबार पनि मोरङका स्थानीय तहमा कांग्रेसका तर्फबाट निर्वाचित मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षसँग सुझाव संकलन गरेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ