पूर्व योजना तर्जूमा गोष्ठि सम्पन्न

Letang Khabar बुधबार, जेठ २३, २०७५

प्रशान्त निरौला
लेटाङ २३ जेष्ठ । लेटाङ नगरपालिकाले पूर्वयोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । आज लेटांग नगरपाािलकाको सभाहलमा भएको कार्यक्रममा नीति तथा कार्यक्रमका विषयमा प्रारम्भिक छलफल गरिएको छ । आगामी आर्थिक वर्ष २०७५।०७६ का लागि के कस्ता योजनाहरु ल्याउने विषयमा छलफल भएको हो । । लेटाङ नगरपालिकामा विभिन्न विषयमा गरी योजना तर्जुमाका लागि गोष्ठिको आयोजना गरिएको हो । गोष्ठिमा वडा अध्यक्ष तथा सदस्यहरुले आफ्ना वडामा योजनाका आवश्यकताहरुका वारेमा वोलेका थिए ।
जनप्रतिनिधीका सल्लाह सुझावलाई समेट्दै आफ्नो भनाई राख्ने क्रममा नगरप्रमुख राईले जनप्रतिनीधिहरुका विभिन्न समस्या भएता पनि जनताको काम गर्न आएपछि दुख्ख सहेरै भएतापनि काम गर्नूपर्ने लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले वताए । नगरप्रमुख राईले लेटाङका जनप्रतिनीधीहरुले जनताका लागि थुप्रै काम गरिरहेको र धेरै ठाँउमा पुग्नुपर्ने भएता पनि नगरवाट सेवासुविधा दिनका लागि कठिन भईरहेकाले यसतर्फ आफ्नो ध्यान गएको वताए ।

पहिला नयाँ नयाँ हुदाँ धरै कुरामा अन्योल भएता पनि यो वर्षको नीति तथा कार्यक्रम अझै राम्रो ल्याउने कुरामा आफु विश्वस्त रहेको वताए । जनप्रतिनीधिहरुले आफ्ना काम कर्तव्य तथा अधिकारका वारेमा अझै वुझ्न आवश्यक रहेको तथा स्थानिय शासन ऐन पढ्न आग्रह समेत गर्नुभयो ।
लेटाङ नगरपालिकामा धेरै वडाहरु विकट रहेकाले धेरै वजेटको आवश्यक रहेका भएता पनि सवैलाई समेटेर जानुपर्ने वाध्यता रहेको वताए । ऐन नीति नियमहरुलाई टेकेर अगाडी वढ्नुपर्ने भएकाले काम गर्ने विषयकमा गम्भिर हुन सवैलाई आग्रह गरे । जनप्रतिनीधिले पाटी , जात तथा धर्मका नाममा जनतालाई विभेद गर्न नपाईने भएकाले सवैलाई समेटेर हिड्न जनप्रतिनीधिहरुलाई निर्देशन समेत गरे ।

त्यस्तै चालु आर्थिक वर्षको अन्तिममा आईसकेको र ८० प्रतिशत योजनाहरुको भुक्तानी भईसकेको प्रमुख प्रसासकिय अधिकृत हरीप्रसाद चपागाँईले वताए ।
आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमका विषयमा छलफल गर्नुपर्नृे वताए । लेटाङ नगरपालिको स्लोगन समेत तयार पार्न जरुरी रहेको वताएको छन् । प्रमुख प्रसासकिय अधिकृत चपाँगाईले केही नाराहरु समेत प्रस्तुत गरेका थिए भने जनप्रतिनीधिहरुलाई लेटाङको पहिचान झल्काउने नारा ल्याउन आग्रह समेत गरे । लेटाङ नगरको विकासको आधार कृषी पर्यटन सहितको पुर्वाधार, समृद्ध लेटाङको आधार कृषी पर्यटन सहितको पुर्वाधार लगायतको नाराहरु लगायत अन्य नाराहरुमा समेत छलफल गरेर पारित गर्न आग्रह गरे ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ