प्रशान्त निरौला
लेटाङ २२ जेष्ठ । “‘प्लास्टिक प्रदूषण माथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’” भन्ने नारा सहित यस वर्षको विश्व वातावरण दिवस लेटाङ नगरपालिकाले आज वृक्षरोपण गरी मनाएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले अशोकको विरुवा रोपेर विश्व वातावरण दिवश मनार्ईएको हो । लेटाङ नगरपालिका प्रमुख शंकर राईले लेटाङ नगरपालिका लाई हरित नगर वनाउन आफु लागेको वताउदै सवै नागरिकलाई आफ्नो घर देखिनै सरसफाईमा सचेत रहन आग्रह गर्नूभयो । वातावरणलाई सफा , सुन्दर र हराभरा वनाउन रुख विरुवाको संरक्षण गर्न आवश्यक रहेको प्रमुख राईले वताए ।
विश्वमा धरै प्रदुषण वढेकाले विभिन्न रोगको संक्रमण वढीरहेको तथा पृथ्वीनै तातिरहेको वैज्ञानिकहरुले वताईरहेको सन्दर्भमा प्राणी जगतमै अस्तित्व समाप्तको खतरा वढेकाले वातावरण जोगाउन सवै लाग्नु्पर्ने नगरप्रमुख राईले धारणा व्यक्त गरे । जबसम्म मान्छेले प्रकृति र आफूबीचको सम्बन्ध बुझ्न सक्दैन, प्रकृतिलाई माया गर्न सक्दैन तबसम्म वातावरण संरक्षण सम्भव नभएकाले यता तिर ध्यान दिन सवैलाई आग्रह गरे ।
कार्यक्रममा लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौला लगायत नगरपालिकाका सम्पुर्ण कर्मचारीहरुले सामुहिक रुपमा निर्माणाधिन लेटाङ वजारको चउरमा वृक्षरोपण गरेका थिए ।
यसैविच प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने औँल्याउनुभएको छ ।
विश्व वातावरण दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले वातावरण संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी रहेको बताउनुभएको छ ।
आजको दिनले वातावरण संरक्षणको कुनै न कुनै भूमिकामा संलग्न हुन हरेक नेपालीलाई उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले स्वच्छ वातावरण भावी पुस्ताको अधिकारको विषय भएको हुँदा उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु हामी सबैको दायित्व रहेको बताउनुभएको छ । सामाजिक, आर्थिक परिवेशका साथै पर्यावरणीय सन्तुलनलाई समेत ख्याल गरी विकास निर्माणको कार्य अगाडि बढाउन आवश्यक रहेको उहाँको भनाइ छ । देश भरिका जनसमुदायको सहभागितामा हरियाली प्रवद्र्धन, प्रदूषण नियन्त्रण र सरसफाइ अभियान शुरु भएको देख्दा आफूलाई खुशी लागेको उल्लेख गर्दै उहाँले स्वच्छ वातावरण महाअभियानमा सहभागी हुन पाउँदा अत्यन्त हर्षित भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले आह्वान गरेको स्वच्छ वातावरण महाअभियान–२०७५ मा सहभागी भएर आआफ्नो क्षेत्रबाट सहयोग पु¥याउन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक आह्वान पनि गर्नुभएको छ ।
वातावरणीय प्रभाव मूल्यांंकन बिनागरिने विकास प्रयास दिगो हुँदैन । अव्यवस्थित विकासले रोगव्याधी र अस्वस्थ अवस्था मात्र निम्त्याउँदैन, त्यस्तो अव्यवस्थाले बाढीपहिरो, सुक्खालगायतका ठूलो धनजनको क्षति हुने प्रकोपको सम्भावनासमेत बढाउँछ । वातावरणको विनाश नहुने गरी नाप नक्सा तयार गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग गर्न पनि उहाँले आह्वान गर्नुभएको छ ।
संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९७२ मा हरेक वर्षको जुन ५ तारिखका दिन ‘विश्व वातावरण दिवस’ मनाउने घोषणा गरेको थियो । यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लास्टिक प्रदूषणमाथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’ रहेको छ ।