शिक्षक महासंघ लेटाङद्धारा २५ वुदे ज्ञापनपत्र पेश

निरज पाण्डे आइतबार, जेठ २०, २०७५

 

लेटाङ २१ जेष्ठ । नेपाल शिक्षक महासघले आज देशभर आफ्नो पेशागत अधिकारका निम्ति केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकार समक्ष ज्ञापनपत्र पेश गरेको छ ।

यसै क्रममा लेटाङ नगरकार्य समितिले पनि लेटाङ नगरपालिका समक्ष आफ्ना पेशागत हक र अधिकार तथा नगर भित्रका शैक्षिक चासो र शैक्षिक मुद्धाहरुलाई शिक्षकहरुको संगठित संस्था महासङ्घ मार्फत बृहत उपस्थिति सहित नगरका मेयर समक्ष २५ वुदे ज्ञापनपत्र पेश गरेको हो । पेश गरिएको ज्ञापन पत्रमा नगरले शिक्षकका शैक्षिक मागहरुको उचित सुनवाइ नगरे चरणद्ध आन्दोलन, धर्ना तथा विरोधका कार्यक्रमहरु पनि अगाडि ल्याउने पत्रमा उल्लेख छ । नेपालको आमुल परिवर्तनमा नेपाली शिक्षकहरुले पु¥याएको योगदानको जग अझै आलै रहेको स्पष्ट गराएको नगर महासङ्घले शैक्षिक क्षेत्रको वृति विकासमा शिक्षकहरुले खेलकोे भूमिका र आफ्नो हक हितका लागि सदैव सरकार समक्ष आन्दोलनमा उत्रनु पर्ने परिस्थिति आउनु दुभाग्यपूर्ण रहेको सारमा उल्लेख छ । लेटाङ नगर भित्रको शैक्षिक गतिविधि र शिक्षाको गुणस्तर विकासमा शिक्षकका तर्फबाट कुनै कसुर वाँकी रहे त्यसको जिम्मा नेपाल शिक्षक महासङघ लेटाङले लिने र लिनुपर्ने कुरा प्रष्ट्याएको महासङ्घले नगरभित्र शिक्षकका अधिकार तथा विद्यालयमा देखिएका समस्याको चाडै समाधान गरिनुपर्ने र नगरपालिकामा गरिने कुनैपनि शैक्षिक नीति नियम र गतिविधिमा महासङ्घको अनिवार्य सहभागितालाई सर्तका रुपमा मेयर समक्ष उल्लेख गरेको छ । महासङ्घले बुझाएको ज्ञापन पत्रमा सबैखाले शिक्षकले पाउनुपर्ने पोशाक भत्ता अनिवार्य चाँडै निकासा गर्ने लगायत नगर शिक्षा समिति गठन तथा दरबन्दि मिलान लगायतका अन्य थुप्रै मागहरु उल्लेख छन् ।

महासङ्घ लेटाङको ज्ञापन पत्र स्किार्दै मेयर शंकर राइले यस क्षेत्रको शिक्षाको गुणस्तर सुधार गर्न र नगर भित्रका शैक्षिक गतिविधिलाई चुस्त दुरुस्त बनाउन शिक्षकहरुको पनि उतिकै हातेमालोको आवश्यकता रहेको उल्लेख गरेका छन् । राईले आजको समयमा प्राविधिक शिक्षाको आवरश्यकता खड्कि रहेको औंल्याउदै महासङ्घबाट आएको ज्ञापनपत्रप्रति आफू सकरात्मक रहेको र सहकार्य गरीसँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । लेटाङ नगरपालिकाका प्रमुख शंकर राई र महासंघका अध्यक्ष हरीप्रसाद धिमाल सहित लेटाङ नगरभित्रका शिक्षक तथा कर्मचारी विच समसामयीक शैक्षिक समस्या र हकहितका विषयमा छलफल भएको थियोे ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ