लेटाङमा ड्राईभिङ तालिम सुरु

Letang Khabar आइतबार, जेठ २०, २०७५

प्रशान्त निरौला ।

लेटाङ २० जेष्ठ । नेपाल आदिवासी जनजातील महासंघ लेटाङको आयोजना तथा लेटाङ नगरपालिकाको सहयोगमा “सीपमुलक ड्राईभिङ तालिम“ को आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । लेटाङ नगरप्रमुख शंकर राईले तालिमको उदघाटन गरेका हुन् । उद्घाट नगरप्रमुख राईले युवाहरु नेपालको अमूल्य धन भएको र यो तालिम पछि युवाहरुले देशमै बसेर रोजगार गर्नु पर्ने धारणा राखे । साथै युवामहिलाहरुको पनि यस्ता तालिममा सक्रिय सहभागिता रहनुपर्ने नगर प्रमुख राईको धारणा रहेको थियो । सिपमुलक तालिम लिएर स्वरोजगार वन्न सकिने भएकाले यस्ता खाले तालिमको आयोजन गर्नुपर्ने वताए । 
युवाहरु नै नेपाल को अमूल्य धन हो र यो तालिम पछी युवाहरुले देशमै बसेर रोजगार गर्नु पर्छ साथै महिलाहरुको पनि यस्ता तालिममा सभागिता हुनु पर्छ नगर प्रमुख राई ले भन्नु भयो ।तालिममा लेटाङ नगरपालिका भित्रका २४ जना युवाहरुको सहभागिता रहेको छ । १ महिना सम्म तालिम सहभागि रहने वताईएको छ । शिपमुलक तलिम प्रदान गरि लेटाङका युवाहरुलाई दक्ष वनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले संस्थाका अध्यक्ष मानवहादुर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष देवराज चाम्लिङ राई र ईलाका प्रहरी प्रमुख खगेन्द्र बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ