काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन: नेता सिंह

Letang Khabar शुक्रबार, चैत्र २३, २०७४

 

काठमाडौँ, २३ चैत ।   नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क दिनुभएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिँहले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा नेतृत्वमा आउनसक्ने बताउनुभयो ।

उहाँले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनका लागि काँग्रेस नेतृत्वको सरकारले तीन तहको चुनाव सफल बनाएको बताउनुभयो ।

सो अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले आठवटा संस्थाबाट शुरु गरेको युनियनमा अहिले ४५ संस्था संलग्न रहेको जानकारी दिनुभयो ।

महाधिवेशनमा संस्थाका अध्यक्ष गणेशबहादुर केसीले सत्ताधारी दलले ट्रेड युनियनलाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाउनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ